Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभ्रष्टाचारका मुद्दालाई टुङ्गोमा पुर्याउन नसके गृहमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्छः नेता पौडेल

भ्रष्टाचारका मुद्दालाई टुङ्गोमा पुर्याउन नसके गृहमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्छः नेता पौडेल


बुटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरु सच्चिन आवश्यक रहेको बताएका छन्। प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।

पछिल्लो समय अनुसन्धानमा रहेको सुन काण्ड, ललिता निवास काण्ड तथा नक्कली भुटानी शरणार्थी काण्ड लगायतका विषयलाई टुङ्गोमा पुर्याउनु पर्नेमा उनले जोड दिए। यदी ती काण्डहरुलाई सत्यतथ्य छानविन र टुङ्गोमा पुर्याउन सकेनन् भने यसको जवाफ गृहमन्त्री र अर्थमन्त्रीले दिनुपर्ने बताए।

नेता पौडेलले विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिहरुलाई छोड्दै जाने हो भने गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्नु पर्ने अवस्था आउन सक्ने उल्लेख गरे। फरक प्रशङ्गमा नेता पौडेलले संघीयतालाई बलियो बनाउनका लागि सांसदहरुको सङ्ख्या घटाउनु पर्नेमा जोड दिए।

हालै सम्पन्न काँग्रेस केन्द्रीय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै उनले संघीय संसदको संख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत संख्या घटाउनु पर्ने उल्लेख गरे। घटाइएको संख्यामा सबै जातजाती, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुनेगरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उलने बताए। यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उनले बताए।

पूँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए। विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको बताउँदै उनले भ्रष्टाचार, अनियमिततालेनै यति धेरै बेरुजु निस्किएको उल्लेख गरे। यसको नियन्त्रणका लागि पनि संसद संख्या घटाउनु पर्नेमा जोड दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT