Techie IT
२०८१ पुस १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ: सभापति लामिछाने

सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ: सभापति लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् ।

शनिबार पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका हुन् ।

उनले भने, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ ।”

सभापति लामिछानेले जनताको भारी मतले आएको रास्वपालाई बेला–बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेकामा आपत्ति प्रकट गर्दै आफ्नो पार्टीलाई कसैको भारी बोकेर र पछि लागेर हिँड्नुपर्ने आवश्यकता नरहेको पनि बताए ।

रास्वपालाई सिध्याछु भन्ने कसैले पनि नसोच्न आग्रह गर्दै उहाँले यो पार्टीभित्र एकसे एक होनाहार नेताहरू रहेकाले कसैले सिध्याउन नसक्ने बताए । सभापति लामिछानेले रास्वपामा आउनेको लहर चलेको बताउँदै स्वार्थ लिएर यो पार्टीमा प्रवेश नगर्न आग्रह गरे । उनले भने, “हाम्रो पार्टीमा प्रवेश गर्नेहरूलाई कुनै स्वार्थ नलिई आउन आह्वान गर्दछु, यो पार्टीमा आउनेबित्तिकै अब म वडाध्यक्ष, मेयर, उपमेयर, सांसद हुन्छु वा २०८४ को चुनावमा अब म उम्मेदवार हुँ भन्ने चर्चा गर्दै नहिँड्नुस्, स्वार्थ बोकेर आउनेलाई यो पार्टीमा ठाउँ छैन, आउँदो चुनावमा जनताले चाहेको नेतृत्व खोज्न त्यतिखेरै पार्टी लाग्नेछ, त्यस्ता चर्चा कसैले नगरौँ ।”

पार्टीमा रहेर कुनै पनि व्यक्तिले नराम्रो काम गरेको पाइए तत्कालै पार्टीले कारबाही गर्ने बताउँदै उहाँले त्यसतर्फ सचेत रहन आग्रह गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्ति

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिक

बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

बागलुङ । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबार देखि ५० शय्याको अस्पताल सञ्चालन भएको छ । यस बाट निसीखोला, तमानखोला र बडिगाड

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा

कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्यो

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ । बैंकक

कराँतेमा उमेर समूहको काता प्रदर्शनमा नेपाललाई पहिलो स्वर्णपदक

काठमाडौँ ।  भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो

भोजपुरको लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण

भोजपुर । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः

Techie IT