गृहपृष्ठ ∕
राजनीति ∕
कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ: नेता सिंह कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ: नेता सिंह
चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताएका छन् । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उनले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गरे ।
“नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौँ। आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भने । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ थियो ।
नेता सिंहले प्रदेश आफै स्वायत्त भएको उल्लेख गर्दै भने– “कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नुहुनेछ ।” सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भए पनि हस्तक्षेप नहुने उनको भनाइ थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूले संविधानको रक्षाका लागि एकसाथ उभिने निष्कर्ष निकालेका छन् ।