काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको राजीनामा माग्ने क्रम बढ्न थाल्नु राम्रो संस्कार नभएको बताएका छन्। इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिएको उनले बताए।
पछिल्लो समय प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने क्रम बढ्न थालेको भन्दै यो राम्रो संस्कार नभएको उनको भनाई छ। सुन तस्करीलाई लिएर गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिएकोबारेको जिज्ञासामा उनले यस्तो बताएका हुन्।
विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थितिलगायतको विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र भन्न सक्ने उनले बताए।