Techie IT
२०८१ चैत्र ३०, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीमा सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेः बाबुराम भट्टराई

कोशीमा सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेः बाबुराम भट्टराई


काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणमा सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेको बताएका छन्।

उनले नेताहरूले गरेको संविधानको उल्लंघनलाई सर्वोच्च अदालतले सच्चाएको टिप्पणी गरेका छन्। शुक्रबार ट्वीटमार्फत् कोशी प्रदेश नामकरण स्वीकार गर्न अस्वीकार गर्दै नामकरण ठीक नभएको र त्यसमा पनि जानीजानी केन्द्रका सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माण गरेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘प्रसंग १ नम्बर प्रदेशको (क्षमा गरियोस् नामाकरण ठीक भएन) हो, त्यहॉ जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बलप्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेकै हुन्। त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्‍याएकोमा सम्मानित अदालत धन्यवादको पात्र छ।’

बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेपछि मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।

विधान निर्माताले नै आफ्नो छुद्र दलीयरगुटीय र निजी स्वार्थका लागि संविधान मिच्नु र मिच्न लगाउनु गम्भीर विषय भएको भट्टराईले टिप्पणी गरेका छन्। ‘संविधानको रक्षा कसले गर्छरु रक्षक नै भक्षक बनेपछि कसको के लाग्छरुु उनले भनेका छन्, ‘एकपटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेकोरु आफू र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला?’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT