Techie IT
२०८१ फागुन ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिलम्की स्किनबारे सरकारलाई सचेत गराउन एमालेले झ्याली पिट्ने

लम्की स्किनबारे सरकारलाई सचेत गराउन एमालेले झ्याली पिट्ने


काठमाडौँ। नेकपा एमाले काठमाडौँ महानगर कमिटीले गाई बस्तुमा लाग्ने ‘लम्की स्किन रोग’ बारे सरकारलाई सचेत गराउन साउन १७ गते माइतिघर मण्डलामा झ्याली पिट्ने कार्यक्रम आयोजना गरेको छ।

बिहीबार बसेको बैठकले सरकारले गाई गोरुमा महामारीको रूपमा फैलिएको लम्की स्कीनको बारेमा कुनै चासो र चिन्ता नगरेको भन्दै एमाले काठमाडौँ महानगर कमिटीले विरोध कार्यक्रम आयोजना गरेको काठमाडौँ महानगर कमिटी इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले बताए।

फुयालका अनुसार लम्की स्किनबाट अहिलेसम्म ४ लाख गाई गोरुको मृत्यु भइसकेको छ। १ अर्ब बढीको क्षति भइसक्दा पनि सरकारले यो विषयलाई कुनै चासो नदिएको उनको आरोप छ।

गाईगोरुमा लाग्ने यो एक प्रकारको भाइरस (पक्स समूहको काप्रीपक्स भाइरस)बाट गाईभैंसीहरूमा लाग्ने रोग हो। यो रोग भैंसीहरूमा भन्दा गाईहरूमा बढी देखिन्छ।

सुरुमा अफ्रिकामा सीमित यो रोग सन २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी यूरोप, रसिया, काजकिस्तान हुँदै बंगलादेश र भारतमा पनि केही महिना अगाडि देखा परेको थियो। अहिले नेपालको मोरङ्ग, झापा लगायत पूर्वी क्षेत्रबाट सुरु भएको यो रोग देशव्यापी रूपमा फैलिरहेको छ।

वर्खामासको समयमा किसानले खेती गर्ने तर, यहि बेला गोरुहरू विरामी पर्दा किसान मर्कामा परेका छन्। किसानलाई परेको यस्तो संकटको बेलामा समेत सरकारले सहयोग नगरेको भन्दै एमालेले विरोध प्रदर्शन गर्ने तथा कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको फुयालले बताए।

बैठकले अन्य विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ। महानगरको ३२ वटै वडामा विभिन्न कार्यक्रम गर्न ७ बुँदे निर्देशन जारी गरेको छ। वडामा कार्यक्रम गर्नका लागि महानगर कमिटीका पदाधिकारीहरूलाई वडा संयोजकको जिम्मेवारी तोकिएको छ।

त्यस्तै युवा संघ, विद्यार्थी लगायत संगठनहरूलाई समेत परिचालन गर्ने निर्णय बैठकले गरेको छ। सरकारविरुद्धको विरोध कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी युवा संघलाई दिइएको छ।

प्रदेश कमिटी सदस्य शिव सुन्दर राज वैद्यले नेकपा एमाले जनतनामा आधिरित पार्टी भएको बताए। उनले आफूलाई चित्त नबुझेको विषय पार्टी कमिटीको बैठकमा प्रष्ट रूपमा राख्न आग्रह गरे। उनले मिसन २०८४ लाई लक्षित गर्दै पार्टीका कार्यक्रम गर्ने उनले बताए।

काठमाडौँ जिल्ला कमिटि सदस्य श्याम नापितले पार्टीलाई एकजुट बनाएर लैजाने, घर–घरमा गएर पार्टीले गरेको कामलाई प्रचार गर्ने, वडा कार्यालयले गरेको कामसमेत प्रचार गर्ने बताए।

काठमाडौं महानगर कमिटीकी उपसचिव तथा जनप्रतिनिधि सृजना भेटवालले महिला सम्बन्धी सम्पूर्ण कार्यक्रम सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरिन्। कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का सचिवालय सदस्य भावनाथ झाको पनि उपस्थित रहेको थियो।

महानगर कमिटी सदस्य तथा वडा नम्बर १३ का इन्चार्ज रामेश्वर पौडेलले अन्तरपार्टी निर्देशन पढेर सुनाएका थिए। कार्यक्रम सञ्चालन रञ्जी महर्जनले गरिकी थिइन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT