गृहपृष्ठ ∕
राजनीति ∕
गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरे गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरे
काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिबाना तिरेका छन्। निर्वाचन खर्च सार्वजनिक गरेकोबारे निर्वाचन आयोगलाई जानकारी नगराउने उमेदवारलाई आयोगले जरिबाना गर्ने निर्णय गरेको थियो।
थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरेपनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन्। त्यसैका लागि उनलाई जरिबाना गरिएको हो।
‘मैले निर्वाचन आयोगमा मिति २०७९–०८–२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनुपर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिबाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु,’ उनले सामाजिक संजालमा लेखेका छन्।
आयोगले तोकेको समयभित्र निर्वाचन खर्च बुझाएका पाँच हजार ५६२ उमेदवारलाई ०८० वैशाख ६ गतेदेखि १२ गतेसम्ममा निर्वाचन खर्च विवरण सार्वजनिक गरी लिखित जानकारी प्रदेश वा जिल्लामा दिन निर्देशन दिएको थियो।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी
एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार