गृहपृष्ठ ∕
राजनीति ∕
राष्ट्रियसभा बैठकः ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल राष्ट्रियसभा बैठकः ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ टेबुल
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० बैठकमा टेबुल भएको छ । सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका हुन् ।
सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो । सो संशोधन राष्ट्रियसभाले स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि अघि बढ्नेछ ।
विधेयक टेबुल गर्नुअघि मन्तव्य दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी अध्यादेशको अवधि सकिएकाले पीडितको न्यायका लागि अर्को केही नेपाल ऐन संशोधनका रुपमा विधेयक ल्याउनुपरेको हो भने । अनुचित लेनदेनलाई कानुनको दायरामा ल्याउन विधेयकको अत्यावश्यकता रहेको स्पष्ट गर्दै उनले आगामी दिनमा अध्यादेशको अवधि हुँदै प्रतिस्थापन विधेयक ल्याउने विश्वास दिलाए । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विधि निर्माणका प्रक्रियामा संविधानबमोजिमका प्रावधान र समयावधिको पालना गर्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराए ।
राष्ट्रियसभाको अर्को बैठक आजै ३१ मिनेटपछि बस्ने गरी स्थगन भएको छ । सभामा प्रमुख प्रतिपक्षीले अवैध सुन ल्याइएको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै उक्त विधेयकबाहेक अन्य कारबाही सञ्चालन नगर्न ध्यानाकर्षण गराएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ
काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया
म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका
काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू
महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी
एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा