संसद् बैठक पाँच दिन स्थगित
काठमाडौँ। सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी गर्दै बैठक चल्न नदिएका हुन्।
एमाले सांसदले अवरोध नरोकेपछि सभामुख घिमिरले बैठक साउन १५ गते बस्ने गरी स्थगित गरे। यसअघि एमाले बैठकमा बोल्दै एमाले सांसद ठाकुर गैरेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग तस्करलाई पक्रेको जानकारी गराउने वा नैतिक रुपमा पदबाट हट्ने बाहेक विकल्प नभएको बताए। एमालेले आजको बैठकको शुरुमै पनि नाराबाजी गर्दै अवरोध गरेको थियो।
तर सभामुख घिमिरेले आकस्मिक समय अघि बढाएर सांसदहरुलाई बोल्ने मौका दिएका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ
काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा
काठमाडाैँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हेमन्त
लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज
काठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित