Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकेन्द्रीय समितिको बैठक शक्ति प्रदर्शनको गर्ने थलो बन्योः कांग्रेस नेता भण्डारी

केन्द्रीय समितिको बैठक शक्ति प्रदर्शनको गर्ने थलो बन्योः कांग्रेस नेता भण्डारी


काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठक राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शनको गर्ने थलो बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बीपी स्मृति सप्ताह अन्तर्गत भएको कार्यक्रममा भण्डारीले सबै नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएकोमा आलोचना गरे। ‘मैले सोचेको थिएँ, कांग्रेसको केन्द्रीय समितिको बैठकले धेरै मुद्दाहरु उठाउनेछ तर, कांग्रेस केन्द्रीय समितिको मिटिङ कस्तो भयो? केन्द्रीय समितिको बैठकमा एकले अर्कालाई गाली गर्ने, खुइल्याउने? राष्ट्रिय एजेण्डाहरुलाई नछुने? उनले भने, यसको कारणले कांग्रेस बलियो भएको छ कि कमजोर भएको छ? अहिलेको हाम्रो चुनौती यही हो।’

उनले नेपालका कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्नु राजासँग लड्नुभन्दा कठिन हो भन्ने कुरा कांग्रेसले बुझ्नुपर्ने बताए। अहिले कांग्रेसको व्यवहार र शैलीले आफूहरुले चाहेको कुनै प्रयास सफल नहुने उनको भनाइ छ।

महामन्त्रीले प्रस्तुत गरेको एजेण्डा राम्रो भएको उल्लेख गर्दै नेता भण्डारीले रुपान्तरण अभियानको सुझावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज

काठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

Techie IT