Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण

एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले आइतबार बिहान टोल कोर्क प्रावि, हुन सेन प्रिक रेसे प्रावि र क्रोपर हा प्रावि मतदान केन्द्रमा पुगी निर्वाचनको पर्यवेक्षण गरे । उनको सचिवालयका अनुसार अध्यक्ष ओलीसहितको टोली निर्वाचनको पर्यवेक्षण गर्दा मतदान केन्द्रमा शान्त वातावरणमा निर्वाचन हुँदै र ७० प्रतिशतभन्दा माथि मतदान सम्पन्न भइसकेको थियो ।

कम्बोडियामा आइतबार सातौँ राष्ट्रिय व्यवस्थापिकाको एक सय २५ जना विधायकहरूको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा तीन सय ३४ जना विदेशी पर्यवेक्षकले बिहानदेखि पर्यवेक्षणमा गरेका थिए ।

अध्यक्ष ओली कम्बोडिया सरकारको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि यही साउन २ गते त्यसतर्फ गएका थिए । उनको साथमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर अधिकृत दिनेश भण्डारी रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा

Techie IT