काठमाडौँ। पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन्। आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन्।
समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक÷दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने गौतमको भनाई छ। उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरू मिलेर मात्रै सम्भव रहेको बताए।
उनले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरु एउटा मोर्चामा आउन जरुरी रहेको बताए। समाजवादी मोर्चामा दुई÷तीन वटा पार्टी मात्रै नभई नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने उनको भनाई छ।