Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभ्रष्टाचारका मुद्दाबारे पार्टीको भूमिकाप्रति प्रदीप पौडेल असन्तुष्ट

भ्रष्टाचारका मुद्दाबारे पार्टीको भूमिकाप्रति प्रदीप पौडेल असन्तुष्ट


काठमाडौँ। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारका विषयमा पार्टी संस्थागत हिसाबले दोधारमा रहेको टिप्पणी गरेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले पार्टीको मनोदशाको व्याख्या गर्दै अहिले कांग्रेस बडो दोधारमा रहेको पनि बताए।

पौडेलले सरकारले भ्रष्टाचारको छानबिन गरिरहँदा समर्थन पनि गर्न नसक्ने र विरोधमा पनि उत्रिन नसक्ने द्विविधा रहेको उल्लेख गरे।‘अहिले भएका भ्रष्टाचार र अनियमितताका घटना छानबिन भइरहँदा हामी समर्थन गर्न पनि सक्दैनौँ, बाहिरिन पनि सक्दैनौँ। यो त हदैसम्मको सत्तालिप्सा हो’, उनले भने, ‘भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा हामीले काम गर्न सक्नुपर्छ। अनि मात्रै हामी यही एजेन्डालाई लिएर २०८४ को चुनावमा जान सक्छौँ।’
पौडेलले कांग्रेस अब द्विविधामा बाँच्न नहुने पनि बताए।

‘कांग्रेस भ्रष्टाचारविरुद्ध कठोर हुनैपर्छ। यो भावनाको विषय होइन नैतिक प्रश्न पनि हो’, उनले भने, ‘अहिले आएका जति पनि अनियमितताका घटना छन्, कांग्रेसले छानबिनमा सघाउनु पर्छ।’

‘गणतन्त्र प्राप्तिपछिका जति पनि भ्रष्टाचार छन्, ती सबैको छानबिन गरौँ’, उनले भने, ‘गणतन्त्रयताका सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने गरी कांग्रेस अघि जाओस्।’

‘पार्टीको स्वास्थ्य समस्या सिटामोलले हल हुने जस्तो देखिन्न्। कतिपय अवस्थामा यसको सर्जरीकै आवश्यकता छ।’ पौडेलले गणतन्त्र प्राप्तिपछिका सबैजसो भ्रष्टाचारको छानबिन हुनुपर्ने कुरा पनि बैठकमा राखेका छन्। ‘गणतन्त्र प्राप्तिपछिका जति पनि भ्रष्टाचार छन्, ती सबैको छानबिन गरौँ’, उनले भने, ‘गणतन्त्रयताका सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने गरी कांग्रेस अघि जाओस्।’

पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने धारणा व्यक्त गरेका छन्। केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले उल्लेख गरेका छन्। समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई लिनुपर्ने उनले बताए। राष्ट्रिय सभाका सदस्यको संख्या ३५ मा झार्नुपर्ने पौडेलको मत छ ।पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने पौडेलको धारणा थियो। एउटा व्यक्तिले चारपटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने पौडेलको मत छ। ११ महिनामा बैठक बसेकाले खुसी प्रकट गर्न नसक्ने भन्दै उनले आगामी दिनमा यस्तो नहोस् भनि आग्रह गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

Techie IT