युद्धले थलिएको यमन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ । 

 

साउदी अरबलाई डर थियो कि उसको छिमेकी देश यमन कही कतै इरानको प्रभावमा नपरोस् । यही आशंकाका आधारमा साउदी अरबको अगुवाइमा संयुक्त सेनाले शिया हाँसी विद्रोहीहरुलाई निशाना बनाएर आक्रमण गर्न थाल्यो । 

 

युद्धको सुरुवातमा नै संयुक्त सेनाले राजधानी सनाको राष्ट्रपति निवासमा नै आक्रमण गरिदियो । सन् २०१४ को सेप्टेम्बरबाट विद्रोही कमाण्डर मोहमम्द अली हाँसीको नियन्त्रणमा राष्ट्रपति भवन रहेको थियो । रब्बाह मंसुर हादीको सरकार गिराउँदै आफैलाई राष्ट्रपति घोषित गर्ने काम उनले गरेका थिए । सरकार गिर्ने समयमा हादीलाई साउदी अरबले बचाउन सफल भएको थियो । त्यसपछि यमनमा इरानको प्रभाव बढ्न थालेको थियो । मिडिया रिपोर्टका अनुसार यमनबाट साउदी अरबमा मिसाइल आक्रमण गर्ने काम भएको थियो । तर, साउदी अरबले यो सबै काम इरानको इसारामा भएको बताएको थियो । लेवनानमा शिया सरकार र इराकमा बढ्दै गरेको शिया प्रभावका कारण साउदी अरब तनावमा रहेको थियो । साउदीका राजशाही यमनमा तेहरानको बढ्दो प्रभाव रोक्न हरसम्भव प्रयास गर्ने सोचमा रहेका थिए । यमनको एक समाचार वेवसाइटका अनुसार सादामाथि रातमा आक्रामण गरिएको थियो । सन् २००९ मा साउदी अरबले हाँसी समुदायमाथि पनि आक्रमण गरेको थियो । 

 

लामो समय युद्धका कारण यमन तहसनहस भएको छ । मिडिया रिपोर्टका अनुसार ८५ हजार बालबालिकाहरु कुपोषणका कारण मृत्यु भइसकेको छ । 

 

यमनमा आफ्ना ५ वर्षमुनिका सन्तानहरुको मृत्युको पीडामा कति परिवार छटपटाइरहेका छन् भने कति आफ्ना सन्तानको मृत्युको दिन पर्खेर बसिरहेका छन् । 

 

अमेरिकाले यमनमा शान्ति कायम गर्न साउदी अरबसँग अर्को महिना वार्ता गर्ने भएको छ । आफ्ना हातमा सन्तानहरुको मृत्यु देखिरहेका आमाबुबाको तस्बिरले विश्वभरबाट तत्काल समस्या समाधान गर्न दबाब सिर्जना गरिरहेको अवस्था छ । 

 

सन् २०१५ यता करिब ८५ हजार बालबालिकाहरुको भोकमरीका कारण ज्यान गएको सेभ द चिल्ड्रेनको रिपोर्टमा उल्लेख छ । साउदी अरबको कठोर निर्णयका कारण यमनले यतिधेरै पीडा सहनु परेको हो । मिसाइल आक्रमण र क्रुर नाकाबन्दीका कारण यमन छियाछिया भएको हो । यमनको समस्या समाधानका लागि अमेरिकाले देखाएको कमजोर तदारुकताको प्रश्न उठेको छ । तर, यसबारे संयुक्त राष्ट्र संघ लगायत अन्य संघसंस्थाहरु पनि चुप रहेका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

  • 10 hours ago
रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाएका छन्। शुक्रवार आयोजित बाग्मती प्

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

  • 10 hours ago
राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

काठमाडौँ। राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुत पक्राउ परेकी छिन्। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी उनलाई

विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

  • 11 hours ago
विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

एजेन्सी । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।