यी हुन् विश्वकै सबैभन्दा ठुला समस्याहरु

Norvic Hospital

एजेन्सी । विश्वमा आज अनेकौँ समस्याहरु रहेका छन् । केही यस्ता समस्याहरु छन् जसले विश्वलाई आज पनि उत्तिकै आक्रान्त पार्ने काम गरेकोछ  । 

 

२१ औ शताब्दीमा युवाहरुको संख्या ठुलो रहेको छ । ७० प्रतिशत यस शताब्दीका युवाहरु धेरैभन्दा धेरै सम्भावनाहरु देख्ने गरेको अध्ययनले देखाएको छ । १८ वर्षदेखि ३५ वर्षसम्मका युवायुवतीहरु विश्वमा रहेका समस्याहरुबारे ध्यानाकर्षण रहेको छ । उनीहरु ती समस्याहरुसँग लड्न तयार रहेको बताउँछन् । 

 

५० प्रतिशत यस शताव्दीका युवाहरुले देशको निर्णयमा योगदान गर्न सक्ने अध्ययनले देखाएको छ । 

 

यो निष्कर्ष वल्र्ड इकोनोमकि फोरमको वार्षिक प्रतिवेदन ग्लोबल सेपर्स सर्वेले सार्वजनिक गरेको हो । 

 

यो सर्वे १८१ देशका २६ हजार युवाहरुमा गरिएको थियो । 

 

एक सर्वेमा डब्लुइएफले उत्तरदाताहरुलाई विश्वमा रहेका तीन मुख्य गम्भीर समस्या भन्न आग्रह गरेको थियो । दोस्रो वर्ष पनि लगातार ठुलो संख्यामा युवाहरुले जलबायु परिवर्तन, ठुलो संख्यामा भइरहेको युद्ध तथा धार्मिक द्वन्द्वहरु भएको बताएका थिए । 

 

२१ औ शताव्दीका युवायुवतीहरुका लागि विश्वकै सबैभन्दा ठुला १० समस्याहरु यस्ता रहेका छन् । 

 

१०. आर्थिक अवसरको कमी र बेरोजगारी (१४.२ प्रतिशत)

सव–सहारियन अफ्रिकाका २२ प्रतिशत युवाहरुलाई लाग्छ उनीहरु आर्थिक अवसर र बेरोजगारी समस्याबाट जुधिरहेका छन् । युरोएसियनको अध्ययनमा भने ८.३ प्रतिशत रहेको छ । 

 

९. खाना र खानेपानी सुरक्षा (१५.१ प्रतिशत)

उत्तर अमेरिकाका युवाहरु (२७.३) का अनुसार विश्वभर खानेपानी र खानाको चरम अभाव रहेको छ, भने युरोपका २१.५ प्रतिशत र लेटिन अमेरिका र सब–साहरन अफ्रिकाका ११ प्रतिशतलाई यो समस्याप्रति बढी चिन्तित देखिन्छन् । 

 

८. राजनीतिक स्वतन्त्रताको अभाव र राजनीतिक अस्थिरता (१५.५ प्रतिशत)

पुर्व एसिया तथा प्यासिफिकका १९ प्रतिशत युवाहरु राजनीतिक स्वतन्त्रता र अस्थिरता विश्वका प्रमुख समस्या भएको बताउँछन् । युरोएसियाका १८.९ प्रतिशतलाई यो समस्या चरम अवस्थामा रहेको बताउँछन् । 

 

७. शिक्षाको अभाव (१६.५ प्रतिशत)

उत्तर अमेरिकाका २१.८ प्रतिशत युवाहरु शिक्षाको अभाव विश्वभर रहेकोमा गम्भिर रहेका छन् । यसै विषयलाई युरोप तथा युरोएसियाका १९.७ प्रतिशत युवाहरुले गम्भिर रुपमा लिएका छन् । 

सब–साहरान अफ्रिका ७ प्रतिशत युवाहरु यो समस्याप्रति गम्भिर रहेका छन् । 

 

६. सावधानी, सुरक्षा, राम्रो अवस्था (१८.१ प्रतिशत)

सब साहरान अफ्रिकाका २४ प्रतिशत युवाहरु, मिडलइस्ट तथा उत्तर अफ्रिकाका २३.४ प्रतिशत यो समस्याप्रति चासो देखाएका छन् । त्यस्तै लेटिन अमेरिका र क्यारेबियनका १२.८ प्रतिशत युवाहरु यो समस्याप्रति चासो देखाएका छन् । 

 

५. सरकारी जिम्मेवारी र पारदर्शिता र भ्रष्टाचार (२१.७ प्रतिशत)

सव साहारन अफ्रिकाका ३२ प्रतिशत युवाहरुले विश्वकै सबैभन्दा ठुलो समस्याका रुपमा यो समस्याप्रति चासो देखाएका छन् ।  त्यस्तै लेटिन अमेरिका र क्यारेबियनका २७ प्रतिशत र मिडल इस्टका २३.६ प्रतिशत युवाहरुले यो समस्याप्रति चासो देखाएका छन् । 

 

४. गरिबी (३१.१ प्रतिशत)

लेटिन अमेरिका र क्यारेबियनका गरिबी (४०.४प्रतिशत),साथै उत्तर अमेरिका (३३.९ प्रतिशत) र सब साहरन अफ्रिका (३३.६ प्रतिशत) युवाहरुले विश्वकै ठुलो समस्याका रुपमा यो समस्यालाई लिएका छन् । 

 

३. धार्मिक द्वन्द्व (३३.८ प्रतिशत)

विश्वका धेरै युवाहरु धार्मिक द्वन्द्वप्रति ठुलो समस्या भएको बताउँछन् । मिडल इस्ट–उत्तर अफ्रिका (४५.१), दक्षिण एसिया (४४.१), यरोएसिया (४१.८) र युरोप (३८.८) यस्तो तथ्याङ्कमा देखिएको छ ।

 

२. ठुलो संख्यामा द्वन्द्व र युद्ध (३८.५ प्रतिशत)

वल्र्ड इकोनोमी फोरमको सर्वे अनुसार युरोएसियाका (५४.३), मिडल इस्ट–नर्थ अमेरिका (५०.३) युवाहरुले विश्वको प्रमुख समस्याका रुपमा यो समस्याप्रति चासो देखाएका छन् । 

 

१. जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनास (४५.२ प्रतिशत)

लेटिन अमेरिका तथा क्यारेबियन (५१.८) तथा दक्षिण एसियाका (४९.३) यवाहरुले यो समस्यालाई सबैभन्दा ठुलो समस्याका रुपमा चासो देखाएका छन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 6 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।