संयुक्त राष्ट्रसङ्घको वार्ताका लागि आश्वासनपछि यमनी होडैडाबासीलाई राहत
- सोमबार, १८ आषाढ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

आवु धावी, संयुक्त अरब इमिरेट्स । संयुक्त राष्ट्रसङ्घले यमनी हुथी विद्रोहीसँग वार्ताका लागि कुटनीतिक पहल गर्ने आग्रहसँगै हुथी नियन्त्रित यमनी बन्दर्गाह शहर होडैडामा भइरहेको कारबाहीलाई रोकेको संयुक्त अरब इमिरेट्स (यूएई)ले आइतबार जनाएको छ ।
यूएईका विदेश मन्त्री अनवर गारगसले एक पछि अर्को ट्वीट सन्देश लेख्दै कारबाही पोर्टबाट हुथि विद्रोहीको विना शर्त फिर्ताका लागि गरिएको तर यदि विद्रोहीले बन्दरगाह शहरबाट फिर्ता गर्न नमाने कारबाही पुनः सञ्चालन गरिने चेतावनी दिए ।
राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफिथलाई सङ्केत गर्दै गार्गसले भने, “कारबाही शान्तिका लागि राष्ट्रसंघबाट गरिने कुटनीतिक पहलका लागि रोकिएको हो । हामी विश्वास गर्छौ यसले सफलता पाउनेछ ।”
यूएईले यमनमा चलाउँदै आएको कारबाहीलाई जुन २३ बाट लागू हुनेगरी रोकिएको गार्गसले बताए ।
यसैशिलशिलामा ग्रिफिथले यहाँका अब्द्रुब्वा मन्सुर हाडीलाई गत बुधबार भेटी हुथी विद्रोहीलाई होडैडाबाट पछि हट्न आग्रह गरिसकेको बताएका थिए ।
केही समय पहिले सरकार पक्षधर सेनाले विद्रोही प्रभावित होडैडाको विमानस्थललाई जुनको मध्यतिर नियन्त्रणमा लिएको थियो । तर शहरमा भने पसेको छैन । होडैडा र यस वरपरका क्षेत्रमा करिब छ लाख हुथी विद्रोही रहेका छन् । यहाँ विगत केही दिनमा भएका घटनामा ४२९ जनाले ज्यान गुमाएका छन् ।
यमनमा सन् २०१५ पछि शुरु भएको द्वन्द्वमा परी करिब १० हजार यमनी नागरिकले ज्यान गुमाएका छन् भने हजारौँको सङ्ख्यामा विस्थापित बनेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड र नेपालले पाण्डे, न्यौपाने र ढकाललाई बालुवाटार पठाए
- 13 minutes ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालले आफू खेमाका नेताहरुलाई बालुवाटार पठाएका छन् । उक्त समूहको स्थायी कमिटी बैठकको नि
थप ६ जना कोरोना संक्रमितको मृत्यु
- 41 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क
नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि
- 43 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।