युरोपेली देशबाट बेलायतमा हुने माइग्रेसनमा भारी गिरावट

  • शुक्रबार, ४ साउन, २०७५
  • 2 years ago
  • युके

 

लण्डन । युरोपेली संघअन्तर्गतका विभिन्न युरोपेली देशहरुबाट मुभ भएर बेलायत आउनेहरुको संख्यामा पछिल्लो वर्ष उल्लेखनीय रुपमा गिरावट आएको छ । 

 

अफिस फर नेसनल स्टाटिस्टिक्स (ओएनएस)ले जारी गरेको तथ्यांकअनुसार वर्ष २०१७ मा युरोपेली देशहरुबाट भएको माइग्रेसन पछिल्लो ५ वर्षकै सबैभन्दा न्युन पाइएको छ । 

 

सन् २०१६ मा बेलायतमा सम्पन्न जनमत संग्रहमार्फत बेलायती जनताले युरोपेली संघ छोड्ने फैसला गरेपछिको पहिलो पुर्ण वर्षको तथ्यांकले युरोपबाट बेलायतमा हुने माइग्रेसनमा भारी गिरावट देखाएको हो । 

 

सन् २०१७ मा युरोपेली देशहरुबाट बेलायत आउनेहरुको संख्या सोहि अवधिमा बेलायत छोडेर जाने युरोपेलीहरुभन्दा १ लाख १ हजारले बढि रहेको देखिएको छ । 

यो संख्या सन् २०१३ मा ९५ हजार रहे यताको अहिलेसम्मकै सबैभन्दा न्युन हो । 

 

सन २०१७ मा बेलायतको समग्र नेट माइग्रेसन २ लाख ८२ हजार रहेको थियो । जुन संख्या गैरयुरोपेली मुलुकसहित सिंगो विश्वबाट १ वर्षमा बेलायत आउनेहरु र सो अवधिमा बेलायत छोडेर जानेहरुको संख्याबीचको अन्तर हो । एक वर्ष अघि यो संखया ३३ हजारले बढि थियो । 

 

सन् २००४ मा युरोपेली संघमा आबद्ध भएका पोल्याण्ड, लिथुएनिया, चेक रिपब्लिक, हंगेरी, स्लोभाकिया, स्लोभेनिया, इस्टोनिया र लाट्भिया जस्ता मुलुकहरुबाट सन् २०१७ मा बेलायत आउनेहरुको संख्या मात्र ६ हजार रेकर्ड भएको छ । जब कि अघिल्लो १ वर्षमा यो संख्या ४२ हजार थियो । 

 

जर्मनी , इटली, स्पेन,  फ्रान्स  लगायतका संघका अन्य स्थापित सदस्य मुलुकहरुबाट बेलायतमा भएको माइग्रेसन पनि सन् २०१७ मा झण्डै आधा घटेको देखिएको छ । 

 

ब्रेक्जिटको फैसला गर्ने सन् २०१६ को जनमत संग्रहभन्दा ठीक १ वर्षअघिको अवधिमा ८४ हजार रहेको यो संख्या सन् २०१७ को १ वर्षको अवधिमा भने घटेर ४६ हजारमा आएको छ । गत वर्ष ४० हजार रोमनियन तथा बुल्गेरियन नागरिकहरु बेलायतमा थपिएका छन् । जुन संख्या वार्षिक हिसबाले सन् २०१३ यताको सबैभन्दा न्यून हो ।  

 

इमिग्रेसनलाई १ लाखभन्दा थोरैमा झार्ने प्रधानमन्त्री टेरेसा मे नेतृत्वको सरकारले लक्ष्य कायम राखेपनि त्यसअनुसार इमिग्रेसन घट्न सकेको देखिदैन् । 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 1 hour ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 1 hour ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।

ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

  • 1 hour ago
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।