राजमार्गमा मकैकाे व्यापारले आम्दानी अपार

भरतपुर । गैँडाकोट नगरपालिका–७ का मनहरि सापकोटाले सङ्घर्षको पापड बेल्नसम्म बेलेका छन् । विभिन्न क्षेत्रमा काम गर्दा खाएको ठक्करको अनुभव उनको मनमा ताजै छ । दिनभरी काम गरेर पनि घरखर्चसम्म चलाउन धौधौ हुने उनलाई मकैको व्यापार आम्दानी अपार सिद्ध भएको छ । 

 

पसिनाको कमाइ खानुको मज्जा उनलाई मात्रै थाहा छ । कामको पूजा गर्ने उनले पूर्वपश्चिम राजमार्गको गैँडाकोटमा ओहोरदोहोर गर्ने गाडीका यात्रुलाई हरियो मकै बेच्छन् ।

 

नवलपुरको गैँडाकोट–८ थुम्सी नजिकै हरियो र पोलेर मकैं बेच्ने उनीजस्ता ८० स्थानीयवासी छन् । एकै जनाले मकै बेचर मासिक रु. ३५ हजारदेखि ४० हजारसम्म कमाउने गरेका छन् । 

 

सापकोटाले विगत पाँच वर्षदेखि सोही ठाउँमा बसेर मकै बेच्दै आएका छन् । पहिला आफू मात्रै आएर मकै बेच्न थालेका मनहरिले पछिल्लो समय श्रीमती कमला सापकोटालाई पनिसँगै लिएर मकै बेच्ने थालेका छन् । दुवै मिलेर व्यापार गर्दा मासिक रु. ८० हजारसम्म कमाइ हुने गरेको उनले बताए । 

 

सो क्षेत्रमा उनको जस्तै मकै बेच्ने ६ दम्पती छन् । उनीहरुको दैनिकी पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधानमा आउने यात्रुलाई मकै बेच्नु हो । प्लास्टिकमा पोको पारेको मकै बेच्न उनीहरु तँछाडमछाड गरेर लाग्ने गरेका छन् । 

 

करीब पाँच सय मिटर क्षेत्रमा यस्तो दृश्य देख्न सकिन्छ । एक जनाले दिनमा १५० देखी २०० घोगासम्म मकै बेच्ने गरेको मनहरिले सुनाए । पोलेको मकै प्रतिगोटा रु. २० मा बेच्ने गरिन्छ । दश घोगा मकैलाई रु. १०० मा बेच्ने गरिएको छ । 

 

उनीहरुले आफ्नै खेतबारीमा दुई सिजन मकै लगाउने गरेका छन् । आफूसँग मकै नभएको बेलामा अन्य क्षेत्रबाट खरीद गरेर भए पनि मकै बेच्ने गरेको मनहरिले सुनाए । 

 

‘बाहिरबाट मकै खरीद गरेर बेच्दा नाफा कम हुन्छ, तर आफ्नै बारीको मकै ल्याउँदा शतप्रतिशत नै नाफा हुन्छ’, मनहरिले भने, ‘मकै बेचेर गरेको आम्दानीले घरपरिवार चलाउन सहज भएको छ ।’

 

गैँडाकोट–७ कै ईन्द्रराज कँडेलले दैनिक रु. एक हजारदेखि एक हजार ५०० सम्म फाइदा हुने गरेको बताए । आफ्नो तीन कठ्ठा जमीनमा लगाएको मकैले सोचेभन्दा धेरै फाइदा दिइएको उनले बताए । 

 

६ वर्षअघि लागेको यस पेसाबाट निकै सन्तुष्टी मिलेको उनी बताउँछन् । ‘यात्रु आफै गाडी रोकेर मकै किन्छन्’, उनले भने, ‘यसले गर्दा पनि पेशाप्रति थप चासो थपिएको छ ।’

 

गैँडाकोट–७ कै देवप्रसाद सापकोटाले पनि श्रीमतीसँगै दैनिक मकै बेच्न राजमार्गमा आउने गरेका छन् । उनी दुबै जनाले दिनमा ५०० घोगा मकै बेच्ने गरेको सुनाए । 

 

दुवै जनाले मकै बेच्दा मासिक रु. ८० हजारसम्म फाइदा हुने गरेको उनले बताए । शुरुवातमा चार÷पाँच जना भएर मकै बेच्ने गरेकामा अहिले दर्जनौं भइसकेका छन् । 

 

व्यापार राम्रो भएकाले सङ्ख्या बढेको उनले बताए । सङ्ख्या बढे पनि व्यापारमा कुनै कमी नआएको सापकोटाले बताए । नगरपालिकाले राजमार्गमा बसेर मकै बेच्दा दुर्घटना हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । 

 

नगरपालिकाले मकै बेच्ने ठाउँको सरसफाइमा ध्यान दिन र तँछाडमछाड नगरी व्यवस्थित रुपमा व्यापार गर्न आग्रह गरेको नगरप्रमुख छत्रराज पौडेलले बताए । 

 

उनले भने, ‘आफ्नै ठाउँमा आत्मनिर्भर बन्नेगरी व्यापार गर्नु राम्रो हो, तर व्यवस्थित हुनुपर्छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

  • 5 minutes ago
अभिनेत्री स्वस्तिमा खड्काले साउथ इन्डियन फिल्म खेल्ने

एजेन्सी । नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्म (साउथ फिल्म)मा डेब्यू गर्ने भएकी छन् ।

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

  • 16 minutes ago
बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

  • 47 minutes ago
लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेले

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र एथ्लेटिक बिल्वाओले बराबरी खेलेका छन् ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।