भौतिक पूर्वाधार विकास पर्यटन प्रवद्र्धनको अत्यावश्यक शर्त

  • बिहीबार, ३१ जेष्ठ, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौँ ।  प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । 

 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद खगराज अधिकारीले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखिए पनि बजेट विनियोजनको मात्रा हेर्दा पर्यटक भित्र्याउन आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास र प्राकृतिक ताल तलैया संरक्षणमा ध्यान नदिइएको गुनासो गरे । 

 

विनियोजन विधेयक, २०७५ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकूद र अर्थमन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले पर्यटकको आवागमन बढाउन भौतिक पूर्वाधारको विकासमा ध्यान दिन आग्रह गरे । 

 

सांसद सञ्जय गौतमले आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रमा सरकारले केही राम्रा विषय समावेश गरे पनि बजेट विनियोजनको मात्रा हेर्दा बजेट केन्द्रीकृत मान्यताका आधारमा ल्याइएको छ भने । 

 

तारा तालदेखि रारा तालसम्म जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना बजेटमा नआएको, बर्दिया राष्ट्रिय निकुञ्जको भौतिक पूर्वाधारको विकासमा ध्यान नदिइएको उनले गुनासो गरे । 

 

सांसद गौतमले सरकारले पर्यटन प्रवद्र्धन गर्ने भन्दै रारा तालमा कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकसमेत बसेको भए पनि बजेटमा डोल्पालाई मात्रै प्राथमिकतामा राखेर अरु जिल्ला र क्षेत्रलाई ओझलमा पारिएकामा आपत्ति प्रकट गरे । 

 

सांसद लक्ष्मणलाल कर्णले धार्मिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिन आग्रह गर्दै नेपाली नागरिकलाई नै देश भ्रमण गराउने योजना ल्याउन, भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताए । 

 

सरकारले खेलकूदको विकासका लागि नारा अगाडि सारेको भए पनि रंगशाला निर्माणमा ध्यान नदिइएकामा आपत्ति जनाए । खेलकूदमा सम्पूर्ण प्रगतिका लागि जताततै रंगशाला निर्माण गर्नुपर्नेमा उनले जोड दिए । 

 

हुम्लाका सांसद छक्कबहादुर लामाले कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष रुपमा लागिने बताइए पनि डोल्पामा मात्रै बजेट विनियोजन गरिएकामा गुनासो गरे । 

 

सडक यातायातले नछोएको डोल्पालाई मात्रै पर्यटन प्रवद्र्धन गर्ने भनेर बजेट उपलब्ध गराइएको र अरु जिल्लालाई ध्यान नदिएर विभेद गरिएको उनको भनाइ थियो । 

 

हुम्लाको सिमीकोट विमानस्थलमा आन्दोलन शुरु भएको आज तीनदिन भए पनि सरकारले समस्या समाधानमा ध्यान नदिएकामा उनको आपत्ति थियो । 

 

सांसद कमला रोकाले आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य महत्वाकांक्षी भए पनि त्यसलाई पूरा गर्न नीतिगत, प्राविधिक एवं भौतिक तयारी गर्नुपर्नेमा जोड दिए । 

 

उहाँले साहसिक खेलकूदलाई पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढ्नुपर्ने बताउँदै प्याराग्लाइडिङ, बन्जीजम्पको प्रवद्र्धनमा विशेष ध्यान दिन आग्रह गरे । 

 

सांसद रोकाले ‘जनयुद्ध’ कालीन गुरिल्ला पदमार्गको विकास र प्रवद्र्धनमा जोड दिएर पर्यटन विकासमा ध्यान दिनुपर्ने धारणा व्यक्तगरे । 

 

सांसद डिला संग्रौलाले प्रदेश नं १ मा सीमसारलाई रामसार सूचीमा राखेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने, धार्मिक पर्यटनमा जोड दिनुपर्ने, नेपालको संस्कृति, कलालाई पनि पर्यटन विकासको माध्यम बनाउनुपर्ने आवश्यकता औल्याए । 

 

सांसद यशोदा सुवेदीले नेपालका सांस्कृतिक कला तथा प्राकृतिक स्रोत तथा साधनलाई प्रयोग गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने, नयाँ नयाँ पर्यटन गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिंदै अन्नपूर्ण पदमार्गमा सडक निर्माण भएपछि केही समस्या आएको छ भने । 

 

सांसद मीनबहादुर विकले ठूला नेताको प्रभावमा बजेट विनियोजन गरिएको भन्दै विनियोजन प्रणाली नै गलत रहेको आरोप लगाए । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 4 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 4 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 4 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।