शौचालयको अभावमा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा भएन

  • शनिबार, ३० आषाढ, २०७५
  • 2 years ago
  • नेपाल

वीरगञ्ज । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् । 

 

वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ को विन्दवासिनी, वडा नं १३ प्रसौनी बिर्ता, वडा नं २४ रामगढवा, वडा नं २५ बलुवा टोल र वडा नं २३ उदयपुरघुर्मीका चार हजार २२० घरधुरीमध्ये अधिकांश घरमा शौचालय नभएपछि सो ठाउँ दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको खानेपानी शाखाले जनाएको छ । 

 

उनन्तिस हजार ९६३ जनसंख्या रहेको ती वडामा केही घरमा शौचालय बने पनि केही घरमा शौचालय नबन्दा तथा जनप्रतिनिधिको उदासीनताका कारण हालसम्म दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको इन्जिनियर सुनिलकुमार कर्णले राससलाई बताए । 

 

एक लाख २७ हजार २२७ महिला तथा एक लाख १३ हजार ६९५ पुरुष गरी दुई लाख ४० हजार ९२२ जनसंख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र रहेका ३२ वडामध्ये २३ वटा वडाको घरमा शौचालय भएकाले ती वडा दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने वडा नं १, १५, ३० र ३१ वडा दिसामुक्त क्षेत्र घोषणाको संघारमा रहेका छन् । 

 

छयानब्बे प्रतिशत घरमा शौचालय भए पनि अन्य चार प्रतिशतले आफ्नो घरमा शौचालय नबनाएकाले उनीहरुलाई महानगरपालिकाबाट दिँदै आएको सुविधा कटौती गरिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र २३ वटा सार्वजनिक शौचालय रहेका छन् । महानगरपालिकाले सञ्चालनमा ल्याएका दुई वटा घुम्ती शौचालय सेवा बन्द भएपछि बटुवाले सास्ती भोग्दै आइरहेका छन् । 

 

पाँच वटा वडा किन दिसामुक्त क्षेत्र घोषणा नभएको भनी जिज्ञासा राख्दा महानगरपालिकाका प्रमुख विजय सरावगीले ती वडामा धमाधम शौचालय निर्माण भइरहेकाले ती वडा निकट भविष्यमा दिसामुक्त क्षेत्र घोषणा गरिने बताए । 

 

नगरक्षेत्रभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भारतलगायत अन्य ठाउँबाट आउने मानिसलाई दिसापिसाब गर्न सकस हुने गरेको गुनासो सुनिन थालेको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 4 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 4 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 5 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।