बेनुका बनिन् तेह्रथुम युके टयालेन्ट हन्ट विजेता
- बिहीबार, २१ आषाढ, २०७५
- 2 years ago
- युके

दिनेशकुमार परियार, लन्डन । तेह्रथुम समाज युकेले युवाहरुको सहभागिता बढाउँदै यस वर्षको वार्षिक भेटघाट शनिबार सम्पन्न गरेको छ । बेलायतमा हुने गरेको कार्यक्रममा नेपाली युवाहरुको सहभागिता कम हुंदै गएपछि समाजले युवा सहभागिलाई आकर्षण गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम सहित ट्यालेन्ट हन्टको पनि अयोजना गरेको हो ।
समाजकै भातृसंस्था तेह्रथुम युथ सोसाइटीले संयोजन गरेको ट्यालेन्ट हन्टमा बेनुका फोम्बोले नृत्यवापत प्रथम पुरस्कार हासिल गरेकी थिइन् । सबै उमेर समूहका प्रतिभाहरुले भाग लिएको प्रतियोगितामा भवानी लिम्बूको समूहले च्याब्रुङ नृत्यमा दोश्रो पुरस्कार हात पारेका थिए भने नेपाली गीतमा नृत्य गरेर रेशा लिम्बूले तेश्रो पुरस्कार जितेकी थिइन् ।
चर्चित गायक दीपक लिम्बू, तारा लक्सम, शुसी गुरुङ र प्रनेश लिम्बूले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अविभावक, चेलीबेटी र व्यवसायीहरुले पुरस्कार राशी प्रायोजन गरेका थिए । प्रथम पुरस्कार ६०० पाउण्ड रहेको थियो भने दोश्रो र तेश्रो क्रमशः ४०० र २०० पाउण्ड रहेको थियो ।
बेलायतमा पुनर्वास भएपछि संस्कार र संस्कृति हराउन लागेको भन्दै चिन्ता लिएका युवाहरुले कार्यक्रमको सोच ल्याएपछि अविभावकहरुले कार्यक्रमको चांजोपांजो मिलाइदिएका हुन् ।
कार्यक्रममा इलाम समाज युकेका अध्यक्ष गोपाल गिरी, ताप्लेजुङ समाज युकेका उपाध्यक्ष यामबहादुर आङ्बोहाङ, पांचथर समाज सेवा युकेका अध्यक्ष चन्द्र सुन्दास र धनकुटाका अध्यक्ष पूर्ण फाःलेच्छाको उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित युवा ब्लगर लेक्स लिम्बू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका महासचिव खुशी लिम्बू, गैरआवासीय नेपाली संस्था युकेका उपाध्यक्ष शुसिला राईको समेत उपस्थिति थियो ।
अल्डरसटस्थीत एम्पायर ब्याङ्केटिङको हलमा सम्पन्न उक्त ट्यालेन्ट हन्टमा तेह्रथुमबाट युके आएका वयोबृद्ध नरबहादुर लिम्बू प्रमुख अतिथी रहेका थिए । तेह्रथुम समाज युकेका अध्यक्ष सुर्य खापुङको सभापतित्व रहेको कार्यक्रमको पहिलो सत्र संस्थाका महासचिव डम्मर लिम्बुले सञ्चालन गरेका थिए । प्रतियोगिताको संचालन भने एलिना इम्सङ र सिकुम हुक्पाचोङबाङले गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने
- 4 minutes ago

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिएको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार मध्यान्ह १२
मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते
- 21 minutes ago

मोरङ । मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुनवर्षी नगरपालिका– ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो ।
जनकपुरमा साहित्य महोत्सव
- 33 minutes ago

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।