Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलयू– १९ एसिया कपमा नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान

यू– १९ एसिया कपमा नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान


काठमाडौँ। यू– १९ एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानको सामना गर्ने भएको छ। एसियन क्रिकेट काउन्सीलले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको हो।

समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन्। त्यस्तै, समूह ‘बी’मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।

एसिया कपको आगामी संस्करण यूएईमा आउँदो ८ डिसेम्बरबाट सुरु हुँदै छ। नेपालले पहिलो खेल पाकिस्तानसँग ८ डिसेम्बरमा खेल्ने छ। यो खेल दुबईको आईसीसी एकेडेमी ओभलमा हुनेछ।

यस्तै, दोस्रो खेल नेपालले अफगानिस्तानसँग १० डिसेम्बरमा सोही मैदानमा खेल्ने छ। भने १२ डिसेम्बरमा नेपालले भारतसँग खेल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT