ताइवानमा रेल दुर्घटना, १८ जनाको मृत्यु १७० जना घाइते

एजेन्सी । ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । 

 

ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका ताइवान रेल प्रशासनले पुष्टि गरेको छ । 

 

दुर्घटनापछि घटनास्थलमा पुगेका एएफपी सम्वाददाताले जनाएअनुसार रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका अवस्थामा रहेका छन् । 

 

उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ । 

 

स्थानीय समय अनुसार करिब ४ः५० मा दुर्घटना भएका ताइवानी अधिकारीले जनाएका छन् तर दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् । 

 

राष्ट्रिय अग्नी नियन्त्रण निकायले रेलमा ३१० जना यात्रारत रहेको र दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुनपुगेको थियो । घटनाबारे छानविन शुरू भैसकेको अधिकारीहरूले बताएका छन् । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

  • 2 minutes ago
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा

ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने

  • 2 minutes ago
ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको बारेमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । बिहीबार पनि नक्सालस्थित मेरियट होटेल

त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिता: नेपालकाे सानदार जीत

  • 11 minutes ago
त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिता: नेपालकाे सानदार जीत

काठमाडौँ । जारी त्रिदेशीय टी२० क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई ६९ रनले पराजित गर्न सफल भएको छ ।



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।