Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलमलेसियालाई २२१ रनले हराउँदै नेपालले जित्यो एसीसी यू– १६ इस्ट जोन कपको उपाधि

मलेसियालाई २२१ रनले हराउँदै नेपालले जित्यो एसीसी यू– १६ इस्ट जोन कपको उपाधि


काठमाडौँ। नेपालले एसीसी यू– १६ इस्ट जोन कपको उपाधि जितको छ। फाइनल खेलमा मेलेसियाविरुद्ध २२१ रनको जित निकाल्दै नेपालले उपाधि जितेको हो। मलेसिया १४.५ ओभरमा अल आउट हुँदै जम्मा ३१ रनमा समेटियो।

सुरुमा ब्याटिङ गरेको नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको थियो। सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन जोडेर उपाधिको लागि २५३ रनको लक्ष्य दिएको थियो।

नेपालको लागि नरेन भट्टले अविजित ११२ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग १०४ रनको साझेदारी गरेका थिए। उनले ८९ बलमा २ छक्का र १० चौका प्रहार गरे। नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेको थियो।

निरज कुमार यादवले ४७ रन बनाए। लिग चरणमा यी दुई टोली भिडेकामा मलेसिया ९९ रनमा समेटिएको थियो।

मलेसियाका लागि मुहम्मद अक्रमले १२ बलमा १ छक्काको सहयोगमा १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चिएर ५ विकेट लिए। सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गैरेले समान १–१ विकेट लिए।

यसअघि २२१ रन हुनुपर्नेमा सच्याइएकाे छ -सम्पादक




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT