सामुदायिक विद्यालयमा सूचना प्रविधि पु¥याउन जोड
- सोमबार, ११ आषाढ, २०७५
- 2 years ago
- प्रबिधि

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको छ ।
कम्प्युटर पुगेका ती विद्यालयमा करीब ३५ प्रतिशतमात्र इन्टरनेट सेवा पुगेका छन् ।सबै विद्यालयमा कम्प्युटर शिक्षाका साथमा इन्टरनेटको सेवा पु¥याउने नीति मन्त्रालयलको छ ।
पूर्वाधार अभाव, स्रोतको अभावलगायतका कारणले कम्प्युटर पुगेका विद्यालयमा पनि इन्टरनेट सेवा पुग्न सकिरहेको छैन ।
सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा र स्वास्थ्यको लक्ष्य कसरी प्राप्त गर्ने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरणद्वारा आज यहाँ आयोजित छलफलमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले सो जानकारी दिँदै सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए ।
उनले भने, “सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्यालय तहमा शिक्षण कार्य गराउन मन्त्रालयले उच्च प्राथमिता दिएको छ, शिक्षक एवं छात्रछात्रालाई सूचना प्रविधिको पहुँच बढाउन जरुरी छ ।”
स्वास्थ्य मन्त्रालयका सहसचिव डा।दीपेन्द्ररमण सिंहले हरेक स्वास्थ्य संस्थामा इन्टरनेट सेवा पु¥याउन मन्त्रालयले कार्य गरिरहेको र सूचना प्रविधिमार्फत चिकित्सा सेवा प्रदान भइरहेको बताए ।
सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारी सेवाका सबै कर्मचारीले सरकारी मेलमार्फत सूचना आदानप्रदान गर्न निर्देशिका तयार गरिएकोे जानकारी दिँदै सूचना प्रविधि केन्द्रको क्षमता विस्तार गर्ने कार्य गरिरहेको छ भने ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले देशका सबै भूभागमा इन्टरनेटको सहज पहुँच पु¥याउन प्राधिकरणले ध्यान दिएको जानकारी दिनुभयो भने वरिष्ठ कार्यकारी निर्देशक आनन्दराज खनालले ग्रामीण दूर सञ्चार कोषको रकम दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा नै खर्च हुने बताए ।
पूर्वमन्त्री गणेश साहले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच पु¥याउन ध्यान दिनुपर्ने बताउनुभयो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 3 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 4 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 4 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।