विद्यालयको कार्यक्रममा भागदौड हुदा १७ जनाको मृत्यु

कराकस । भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् । 

 

शनिबार सो दुर्घटना भएको थियो । आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका थिए । 

 

सोही कार्यक्रममा सहभागी एक युवकले अश्रुग्यास खोलिदिएको पाइएको छ । जसका कारण सहभागीहरुमा ठूलो भागदौड मच्चिएको थियो । 

 

भागदौडका कारण ती युवायुवतीको ज्यान गएको बताइएको छ । त्यहाँ करिब ५०० विद्यार्थी सहभागी रहेका थिए । उनीहरु भाग्ने क्रममा कुल्चिएर धेरैको ज्यान गएको छ । 

 

मृत्यु हुनेमा अधिकांश विद्यार्थी नै परेका छन् । कतिपय तिनका आमाबुबा पनि रहेका स्थानीय प्रहरीले जानकारी दिएको छ । 

 

भेनेजुएलाका आन्तरिक मामिला तथा कानुनमन्त्री नेस्टोर रेभेरोलले सो जानकारी दिनुभएको छ । उनले मृत्यु हुनेको सङ्ख्या १७ पुुगेको र दर्जनौँ अरु विद्यार्थी घाइते भइ उपचारार्थ अस्पताल भर्ना भएका बताएका छन् । 

 

 

सो कार्यक्रमको मध्यान्तरतिर एकजना सहभागी युवकले अकस्मात कार्यक्रममा सहभागीलाई लक्ष्य गरेर अश्रुग्यास हानेको बताइएको छ । 

 

अश्रुग्यास फालेको आशङ्कामा एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनले आफूले सो कार्य नगरेको बताएका छन् । 

 

प्रत्यक्षदर्शीहरुले जनाएअनुसार उक्त दुर्घटनामा बालबालिकाले सास फेर्न नसकेर मृत्यु भएको थियो । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिता: नेपालकाे सानदार जीत

  • 8 minutes ago
त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिता: नेपालकाे सानदार जीत

काठमाडौँ । जारी त्रिदेशीय टी२० क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई ६९ रनले पराजित गर्न सफल भएको छ ।

इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

  • 33 minutes ago
इन्डोनेसियामा ५३ सैनिक सहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तिब्र

एजेन्सी । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् ।

नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

  • 37 minutes ago
नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

एजेन्सी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २।७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मूल्यमा



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।