फेरि संविधानकै लागि लड्नु नपरोस् !

काठमाडौं । नेपालले सातौं संविधान पाएको पनि तीन वर्ष पूरा भयो । लामो संघर्ष, आन्दोलन र बलिदानीपछि संविधान सभाबाट बनेको संविधानप्रति पनि आमनागरिकले पूर्णतः अपनत्व अनुभूत गर्न सकेका छैनन् ।

 

संविधान निर्माणको अन्तिम चरण र संविधान जारी भएपछिको केही दिन संविधानविरुद्ध नै आन्दोलन भयो । तर, संविधानविरुद्ध आन्दोलन गर्नेहरु नै अहिले सरकारमा छन् । यद्यपि, संविधान संशोधनीय दस्तावेज भनिएको छ । 

 

संविधानकै लागि यो देशमा धेरै पटक आन्दोलन भयो । र, बर्षौदेखि संविधानसभाबाट संविधान निर्माण गर्ने धोको तीन वर्षअघि पूरा भयो । तर अब फेरि संविधानकै लागि संघर्ष गनु नपर्ने कुनै ग्यारेण्टी छैन । किनकि, यो संविधानप्रति सबैले अपनत्व अनुभूत गर्न सकेका छैनन् ।

 

नेपालको संविधानिक इतिहास हेर्ने हो भने धेरै लामो छैन । तर यो अवधिमा देशले सात वटा संविधान पाइसकेको छ । २००४ सालमा नै हामीले संविधान पाइसकेका थियौं । राणा शासनको अन्त्यतिर अर्थात् २००४ साल माघ १३ गते तत्कालिन राणा प्रधानमन्त्री पद्दमशम्सेरकै पालामा यो देशमा पहिलो पटक लिखित संविधान जारी भएको थियो । कतिपयले त्यसलाई संविधान मानेनन् । भलै, त्यो नेपालको पहिलो लिखित कानून थियो । संविधान थियो ।

 

तर, त्यो संविधान धेरै समय टिकेन । १०४ वर्ष लामो राणा शासनको अन्त्यपछि २००७ सालमा प्रजातन्त्रको उदय भयो र त्यतिबेला नै संविधानसभाबाट संविधान निर्माणको कुरा उठेको थियो ।

 

तत्कालिन राजा त्रिभुवनको पालामा जनताद्वारा निर्वाचित संविधान परिषद्ले संविधानको निर्माण गर्नका लागि भनी २००७ साल चैत १९ गते अन्तरिम संविधान जारी गरेको थियो ।

 

तर, त्यतिबेला संविधानसभाको निर्वाचन भएन । तत्कालिन नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीको संविधानसभाद्वारा संविधान निर्माण गर्ने मागको राजा महेन्द्रले अस्वीकार गरे । र, २०१५ सालमा आम निर्वाचन भयो ।

 

राजा महेन्द्रले राजकीय सत्ता र अन्तनिर्हित शाही विशेषाधिकार आफूमा सर्न आएको दाबी गर्दै २०१५ साल फागुन १ गते अर्को संविधान जारी गरेका थिए । तर, त्यो संविधान पनि चार वर्षभन्दा टिक्न सकेन । र, पुनः २०१९ सालमा अर्को संविधान जारी भएको थियो ।

 

तत्कालिन राजा महेन्द्रकै पालामा अर्थात् २०१९ साल पुस १ गते ‘नेपाल अधिराज्यको संविधान–२०१९’ जारी भएको थियो । जुन संविधानमा नेपालमा राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाइएको थियो । र, नागरिकको मौलिक हकहरुलाई निस्तेज पारिएको थियो । जसकारण २०४६ सालमा जनआन्दोलन भएपछि, त्यसको. बलमा निदर्लीय पंचायती व्यवस्थको अन्त्य भई २०४६ साल चैत २६ गते नेपालमा बहुदल आएको थियो । जसलाई प्रजातन्त्रको पुनबहार्ली पनि भनिएको छ ।

 

प्रजातन्त्रको पुनबर्हालीपछि २०४७ सालमा राजनीतिक दलहरुले तत्कालिन प्रधानन्यायधीश विश्वानाथ उपाध्यायको अध्यक्षतमा ९ सदस्यीय संविधान सुझाव आयोग गठन गरी ‘नेपाल अधिराज्यको संविधान २०४७’ निर्माणको जिम्मा दिएका थिए । उक्त आयोगले तयार पारेको संविधानलाई तत्कालिन राज वीरेन्द्रले २०४७ साल कार्तिक २३ गते देशवासीका नाममा संवोधन गरी जारी गरेका थिए । उक्त संविधानलाई दक्षिण एसियाकै नमूना संविधान भनिएको थियो ।

 

तर, उक्त संविधान जारी भएको चार वर्ष नवित्तै संविधानप्रति असन्तुष्टी जनाउँदै तत्कालिन नेकपा माओवादीले २०५१ सालदेखि राज्यविरुद्ध सशस्त्र द्वन्द सुरु ग¥यो । १० वर्ष चलेको माओवादी द्वन्दका क्रममा हज्जारौं नेपालीले ज्यान गुमाए, अर्बौअर्ब मूल्य बराबरको भौतिक संरचनाको क्षती भयो । माओवादी सशस्त्र द्वन्दकै क्रममा राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते राज्यसत्ताको बागडोर समाए । जसविरुद्ध नेपाली कांग्रेस, नेकपा एमालेसहतिको सातलले सडक संघर्ष गरिरहेकैबेला विद्रोही माओवादीसँग २०६२ सालमा दिल्लीसम्झौता भयो, त्यहीं जगमा २०६२÷६३ सालमा दोस्रो जनआन्दोलन भयो । जुन आन्दोलन गणतन्त्र र संविधानसभाबाट संविधानका लागि भएको थियो ।

 

जनआन्दोलनपछि २०६३ सालमा २०४७ सालको संविधान खारेज गरी अन्तरिम संविधान बनाइयो । जसलाई नेपालको अन्तरिम संविधान २०६३ भनियो । र, संविधानका लागि २०६४ साल चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभाको निर्वाचन भयो । संविधानसभाको पहिलो वैठकले २०६५ साल जेठ १५ गते नेपाल गणतान्त्रिक मुलुक भएको घोषणा ग¥यो । २ सय ४० वर्षदेखि राज गर्दै आएको राजतन्त्र अन्त्य भयो ।

 

तर, उक्त संविधानसभाले संविधान जारी गर्न सकेन । र, २०७० साल मंसिर चार गते दोस्रो पटक संविधानसभाको निर्वाचन भयो । र, त्यसपछिको संविधानसभाले अर्को संविधान अर्थात् अहिलेको संविधान जारी भएको हो । आमनागरिक चाहिरहेका छन्, अब कहिल्यै पनि संविधानका लागि लडाई लड्नु नपरोस् । मुलकमा राजनीतिक स्थिरता होस् र मुलुक समृद्धियात्रा द्रुतगतिमा अघि बढोस् । तर, अहिलेको राजनीतिक गति र दिशाले जनचाहना पूरा हुने छाँट छैन ।

 

 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

  • 4 minutes ago
जब सञ्जय दत्तले अमिताभ बच्चनसँग काम गर्न मानेनन्

एजेन्सी । बलिउड जगतका शताब्दीकै महानायक अमिताभ बच्चन यस्ता सुपरस्टार हुन् जोसँग हरकोही काम गर्न चाहन्छन् ।

गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

  • 12 minutes ago
गोकुल बाँस्कोटाले व्यंग गर्दै भनेः आफुलाई कस्तो पीर लागो बाई !!!

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता गोकुल बाँस्कोटाले अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेको बताएका छन् ।

काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

  • 23 minutes ago
काठमाडौँमा पुनः बर्डफ्लु भेटियो

काठमाडौँ । काठमाडौँमा पुनः बर्डफ्लु देखा परेको छ । पशु सेवा विभागले शुक्रबार एक सूचना जारी गर्दै काठमाडौँको तारकेश्वर नागरपालिकामा साढे १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिएको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।