उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा
- शुक्रबार, ९ कार्तिक, २०७५
- 2 years ago
- नेपाल
ललितपुर । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए ।
उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो ।
काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक करोड लगानीमा बस भित्र्याउन लागिएको हो । व्यवस्थापक पाण्डेयले भने, “नयाँ बस पनि यसअघि साझाले भित्र्याएको जस्तै आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।”
यसअघि जस्तै भारतीय कम्पनी अशोक लेल्याण्डको बस दुई महीनाभित्र काठमाडौँ भित्र्याउने लक्ष्य छ । बस आएपछि दर्ता भएर सडक निर्धारण हुने बताइएको छ ।
देशभर सञ्चालित विभिन्न यातायात सेवा प्रदायकमध्ये साझा यातायातमा सरकारी लगानी सबैभन्दा बढी छ ।
साझामा ९० प्रतिशतभन्दा बढी शेयर सरकारी र स्थानीय निकायको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले स्थानीयवासीलाई सेवा दिन साझाको शेयर खरिद गरिरहेको व्यवस्थापक पाण्डेयले बताए ।
उनले भने, “स्थानीय निकायले साझामा केही लगानी गर्ने र आफ्नो क्षेत्रमा साझाका बस गुडोस् भन्ने चाहिरहेका छन् ।”
काठमाडौँ र ललितपुर महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिकालगायतले साझाको शेयर खरिद गरेका छन् । उपत्यकामा अहिले १० वटा सडकमा साझाका ४७ बस चलेका छन् ।
लामो दूरीमा काठमाडौँबाट बाग्लुङ र कुस्मासम्म बस सञ्चालनमा छ । केही महीना पहिलेदेखि अपाङ्गमैत्री बससमेत सञ्चालन गर्दै आएको साझाले ई टिकट शुरु गरिसकेको छ ।
विसं २०१८ मा शुरु भएको साझाको सेवा लामो समयसम्म ठप्प भएपछि विसं २०७० बाट फेरि सुविधा सम्पन्न बससहित सेवा सञ्चालनमा ल्याएको थियो ।
धेरै यातायात कम्पनीले साझाले जस्तै यात्रुलाई सुविधा दिने गरी सेवा चलाएका छन् ।
साझा यातायातको व्यवस्थापनमा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बससमेत शुरु गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 1 hour ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 1 hour ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।