'खर्चमा ९० प्रतिशतसम्म कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धता'

Norvic Hospital

एजेन्सी । कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले समानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा बताइएको छ ।

 

रूसी संस्था ‘ग्यालप इन्टनेशनल एसोसिएसन’ अन्तर्गतका ‘वोस्टन कन्सल्टिङ ग्रुप’ र ‘रोमिर’ले रूसी नागरिकहरूसँग गरेको सोधखोजका क्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो । 

 

कोभिड–१९ सङ्क्रमणसँगै रूसमा विभिन्न एक हजार २०० सहभागीलाई ४० भन्दा बढी उत्पादन र सेवाका बारेमा गरिएका प्रश्नका आधारमा उक्त अध्ययन गरिएको थियो । 

 

खर्च कटौती, सामानको व्यक्तिगत सञ्चिति र सामानको मागसँगै बढ्नसक्ने मुल्यको सावधानीका साथ व्यवस्थापन गर्नु व्याप्त आर्थिक सङ्कटका समय व्यक्ति, सामाज र तथा प्रशासनको चुनौती भएको प्रतिक्रिया आएको रोमिरका अध्यक्ष एन्ड्रेइ मिल्योन्किनले बताए । 

 

सङ्कटका समय कम्तीमा आगामी छ महिना खर्चलाई कटौती गर्ने र आफ्नो खर्च योजनाको करिब २० प्रतिशत खाद्यान्न र ३७ प्रतिशत लत्ताकपडाबाट बचत गर्ने बताएका सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

 

सर्वेक्षणमा सहभागी ५१ प्रतिशत अर्थात ६१२ जना उत्तरदाताले आफ्नो खाली समयलाई आगामी छ महिनासम्म कटौती गर्ने, २५ प्रतिशतले गरगहनामा, २९ प्रतिशतले अत्तर, ३४ प्रतिशतले फर्निचर र ३७ प्रतिशतले विद्युतीय तथा अन्य घरयासी सामानमा गरिने खर्चलाई कटौती गर्ने बताएका उल्लेख छ ।  

 

औसतमा ४७ प्रतिशतले सार्वजनिक यातायात, २९ प्रतिशतले ट्याक्सी खर्च र ५६ प्रतिशतले निजी सवारी साधन कार तथा मोटरसाइकललाई आलोपालोमा चलाएर ५६ खर्चलाई कटौती गर्ने बताएका सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ

  • 4 hours ago
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।

६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो

  • 4 hours ago
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा

बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल

  • 6 hours ago
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक



पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।