ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आइतबार साँझ ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज१ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री धनुषाको सबेला नगरपालिका–७ निवासी २५ वर्षीय नरेशकुमार महराको मृत्यु भएको हो।

 

दुर्घटनामा परी गम्भीर घाइते भएका महरालाई उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ। ठक्कर दिने ट्रकका चालक र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 18 minutes ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 24 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 59 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।