आयोजक राष्ट्र रसिया अन्तिम १६ मा पुग्ने सम्भावना बलियो

काठमाडौं । उद्घाटन खेलमा भारी गोल अन्तरले साउदी अरेबियालाई पराजित गरेको राष्ट्र रसियाले पुन इजिष्टलाई हराएको छ । मंगलबार रातिको खेलमा रसियाले इजिष्टलाई ३–१ गोलले पराजित गरेसँगै रसियाले अन्तिम १६ को यात्र बलियो बनाएको छ ।
पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ निकै रोमान्चक रह्यो । खेलको ४७ औं मिनेटमा नै इजिष्टका खेलाडी अहमद फ्याथीले आत्मघाति गोल गरेपछि रसियाले अग्रता लिएको हो । त्यस्तै, उद्घाटन खेलमा साउदी अरेवियाविरुद्ध २ गोल गर्ने सेसरसेभले ५९ औं मिनेटमा गोल गरे भने ६२ औं मिनेटमा पनि अर्टिम ड्युबाले गोल गर्दा रसिया ३–० गोलले अघि रह्यो । तर, विश्वकपमा डेब्यू गरेरका स्टार खेलाडी मोहम्मद सलाहले ७३ औं मिनेटमा गोल गरेर खेलमा फर्कने प्रयास गरेपनि रसियाको सामु केही चलेन र खेलको बाँकी समयमा कुनै पनि गोल हुन नसक्दा रसियाले समूह चरणमा ६ अंक जोडेको हो ।
त्यस्तै, १ खेल खेलेको युरुग्वेले ३ अंक जोडेका छन् भने अन्य दुई टोली अंकबिहीन बनेका छन् ।
अब रसियाले समूह चरणमा युरुग्वेको सामना गर्न बाँकी छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नवाजुद्दीन सिद्दिकीमाथि गम्भीर आरोपः पत्नी आलियालाई खाना र सुत्नको लागि ओछ्यान छैन
- 49 seconds ago

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीच लामो समयदेखि विवाद छ । विगत केही दिनदेखि यो मुद्दा अदालतमा सुनुवाइ भइरहेको छ ।
पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
- 11 minutes ago

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प
बढ्यो सुनको मूल्य
- 15 minutes ago

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।