क्रिस्टियानो रोनाल्डोको घरसहित सम्पूर्ण सम्पत्ति बिक्रीमा

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, ३ साउन, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । गत हप्ता स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस् पुगेका पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् । 

 

स्ट्राकर रोनाल्डोले स्पेनमा रहेको घरसहित सबै सम्पत्ति बिक्री गर्ने भएका हुन् । 

 

आफूलाई कर छलीको आरोपमा दुःख दिएकाले स्पेनसँग जोडिएका कुनै पनि चिज आफूसँग नराख्ने मनसायमा रहेका पोर्चुगलको पत्रिका एल कोरेइओ डो मान्हाले लेखेको छ ।

 

३३ वर्षका रोनाल्डोले ९ वर्षअघि अर्थात सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आउँदा पनि यस्तै गरेका थिए । उनले त्यो बेला म्यानचेस्टरमा रहेको घर २० मिलियन युरोमा बेचेका थिए, जुन उनले ४.५ मिलियन युरोमा किनेका थिए ।

 

रोनाल्डोले आफूसँग रहेका २२ कार पनि बेच्न चाहेको खबरमा उल्लेख छ । रोनाल्डोले इटालीमा नयाँ घर किनिसकेका छन् । रोनाल्डोले स्पेनमा रहेको घर बेच्ने योजना बनाएको बताइए पनि उनले स्पेनमा बनाउँदै गरेको होटलका बारेमा भने अहिले नै केही खुलेको छैन ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

  • 21 minutes ago
दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 44 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 46 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।