प्रदेश सरकारले ल्याएको बजेटले संघीयता नै खतरामा : सासद माझी
- सोमबार, ४ आषाढ, २०७५
- 2 years ago
- राजनीति

काठमाडौं । ३ नं. प्रदेशको बजेटमाथिको छलफलमा राप्रपाकी प्रदेशसभा सदस्य रिता माझीले पहिलो सरकारले ल्याएको बजेट पञ्चायतकालिन भन्दा कमजोर आएको भन्दै पहिलो बजेटले नै संघीयता खतरामा पर्न सक्ने बताएकी छन् ।
जनताले परिवर्तनको अनुभुति दिन्छ भन्ने आशा लिएका थिए, तर यो पहिलो सरकारको पहिलो बजेटले वास्तविकता र यथार्थ भन्दा भिन्न बजेट ल्याएकोले सबैलाई हाँस्यास्पद बनाएको बताइन् ।
उनले भनिन्, ‘बजेटमा भूकम्पपीडित त जनतालाई राहत हुने कार्यक्रम, वृद्धलाई सुरक्षाभत्ता, युवालाई रोजागारी कार्यक्रम भन्दा विदेशिने बजेट र महिलाहरुको लागि विशेष कार्यक्रम आउन सकेन ।’
यस बजेटमा सिन्धुली–खुर्कोट सुरुङ मार्ग हुनुपर्ने सांसद रिता माझीले माग गरिन् । आदिवासी जनजातिहरुको पहिचानको रुपमा रहेको संस्कार र संस्कृति संरक्षण हुने कार्यक्रम नहुनु र धर्म परिवर्तन बढ्नुलाई पहिचानहरु मेटाउन सरकार नै लागिपरेको महसुस भएको आरोप उनले लगाइन् ।
छलफलमा बोल्दै माझीले संघीय सरकार र स्थानीय सरकार भएमा मात्र देशको अर्थतन्त्रले धान्न सक्छ भन्दै निरन्तरतासहितको प्रजातन्त्र र स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग गरिन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता हुनसक्छ'
- 1 hour ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताएका छन् । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने
- 1 hour ago

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न
प्यारातालमा भारतीय दाबीः विवाद सुल्झाउन आग्रह
- 1 hour ago

कन्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ । तत्कालीन जिल्ला विकास समिति कञ्चनपुर हुँदै हा
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।