बलात्कारको आरोपमा अष्ट्रेलियामा एक नेपाली युवा पक्राउ
- आइतबार, २२ बैशाख, २०७६
- 3 years ago
- अष्ट्रेलिया

एजेन्सी । सन् २०१७ मा अमेरिकाबाट अष्ट्रेलिया घुम्न आएको एक नेपाली युवालाई बलात्कारको अभियोगमा एनएसडब्लु प्रहरीले पक्राउ गरेको छ ।
एक २१ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको बताइएको छ ।
सिड्नी घुम्न आएका बेला ती युवकले युवतीको ईच्छा विपरित यौन सम्बन्ध बनाएको समाचार बाहिर आएको हो ।
उक्त सम्बन्ध भएको भोलिपल्ट नै उनी अमेरिका फर्किएका थिए ।
युवतीले आफुलाई छोडेर गएको थाहा पाएपछि सोहि दिन अर्थात् घटना घटेको भोलिपल्ट नै एनएसडब्लु प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।
उक्त उजुरीका आधारमा एनएसडब्लु प्रहरीले आरोपित नेपाली युवकलाई सुपुर्दगीका लागि अमेरिकी प्रहरी समक्ष आग्रह गरेको थियो । सोही आधारमा अमेरिकी प्रहरीले युबकलाई लस एन्जलिसमा पक्राउ गरी सिड्नी पठाइएको बुझिएको छ ।
शनिवार सिड्नी ल्याइएका उक्त पुरुष माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको हो।
मिडिया रिपोर्ट (नेपाली टिभी अष्ट्रेलिया) का अनुसार निजको जमानत अस्वीकार गरिएको छ भने पारामाट्टा अदालतमा पेश गरिने भएको छ । ति युवतीसँग सन् २०१७ मा नेपालीहरुको बाहुल्यता रहेको रकडेल,कोग्रा संगैको कार्लटनको युनिटमा बसेका थिए ।
युवतीका अनुसार आफ्नो ईच्छाविपरित यौन सम्पर्क गरेको दाबी छ । तर, यस बारे अदालतको फैसला कहिले हुन्छ भन्ने बिषयमा जानकारी प्राप्त भईसकेको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
- 3 minutes ago

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल
- 15 minutes ago
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग
नेप्सेमा उच्च अंकको वृद्धि
- 23 minutes ago
काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।