गृहपृष्ठ ∕
अर्थ ∕
नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा छुट पाउने
काठमाडौँ। नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टमा छुट पाउने भएका छन्। नबिलले आफ्ना ग्राहकलाई छुट दिने उद्देश्यले ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको बताएको छ।
सम्झौता अनुसार नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौँ, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन्।
ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्ने भएका हुन्। नबिलले देशभर २५५ शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड