पोखरा–सिड्नी समाज अष्ट्रेलियाको अध्यक्षमा राजु अधिकारी चयन
- आइतबार, ११ कार्तिक, २०७५
- 3 years ago
- अष्ट्रेलिया

काठमाडौँ । पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जानकारी दिएको हो ।
संस्थाको उपाध्यक्षमा राजेश केसी र तारा गुरुङ, महासचिव दिपक पहारी, सचिव अर्जुन गुरुङ, कोषाध्यक्षमा ईश्वर पहारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा विजेन वाटाजु, वुद्ध गुरुङ, समित के।सी, दिपक श्रेष्ठ, जीवन गुरुङ, कपिल केसी, सन्तोष अधिकारी,प्रकाश लामीछाने, अजय थापा, विष्णु पौडल र सुमन के।सी चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि अधिकारीले सिडनी मात्रै नभई अष्टेलियामा रहेका हरेक नेपालीको समस्या तथा उनीहरुको समृद्धिका लागि हरपल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरामा लामो समय पर्यटन र खेलकुदको क्षेत्रमा कार्य गरेका समाजसेवी अधिकारी एक दशक भन्दा वढि समयदेखि अष्टेलियामा पनि खेलकुदको क्षेत्रमा उत्तिकै सक्रिय छन् ।
अधिकारीको पहलमा २०७२ सालमा कास्कीको भदौरे तामागी र लुम्लेको पहिरो पीडितहरुको लागि राहत वितरण गरिएको थियो । साथै अधिकारीकै पहलमा पोखराको ठूलाखेतमा स्वास्थ्य शिविर पनि भएको थियो ।
सन् २०१० मा धु्रव गुरुङको अध्यक्षतामा स्थापना भएको समाजले अष्टेलियामा रहेका पोखरेलीहरुको समस्या र समृद्धिका लागि कार्य गर्दै आएको छ । उच्च शिक्षा र रोजगारीका लागि त्यहाँ गएका पोखराका नेपालीहरु संगठीत भएका छन्, यो निकै राम्रो हो एनआरएनए अष्टेलियाका सचिव देव गुरुङले बताए ।
उच्च शिक्षा र रोजगारीका लागि आफ्नो गाँउ ठाँउ छाडी यहाँ आएका पोखरेलीहरुको लागि संस्था नै खोलेर संगठित हुनु सवैका लागि उदारहणीय कार्य भएको एनआरसीका अध्यक्ष विष्णु हमालले वताउनुभयो । साथै नवनिर्वाचित अध्यक्ष अधिकारीले वडा दशै तथा तिहार लगायतका सवै चाडपर्वको शुभकामना पनि दिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
- 7 minutes ago

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
- 18 minutes ago

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल
- 30 minutes ago
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।