२०० वर्ष पूरानो बेश्यालयः धेरै महिला त्यहि जन्मिन्छन्, त्यहि हुर्किन्छन् र त्यहि हराउँछन्
- शुक्रबार, १ भदौ, २०७५
- 2 years ago
- विचित्र विश्व

एजेन्सी । बंगलादेशमा विश्वको त्यस्ता मुस्लिम राष्ट्रहरुमा पर्छ, जहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता दिइएको छ । बंगलादेशमा टंगेल जिल्लामा रहेको सबैभन्दा पुरा बेश्यालय हो कन्दापारा बेश्यालय ।
यो बंगलादेशको दोस्रो ठुलो वेश्यालय समेत रहेको छ । २०० वर्ष अघि देखि यो वेश्यालय चल्दै आइरहेको छ । सन् २०१४ मा यस वेश्यालयलाई हटाइएको थियो । तर स्थानिय एन्जीओको सहयोगमा यो वेश्यालय पुन सञ्चालनमा ल्याइयो ।
धेरै महिलाहरु त्यही वेश्यालयमा जन्मिने गर्छन् । त्यही हुर्किन्छन् । तर कसैलाई थाहा हुदैन जब उनीहरु हराउँछन् ।
वेश्यालय हुनुपर्छ भन्नेहरु भन्ने गर्छन्, ‘वेश्यावृत्ति पनि अन्य काम जस्तै काम हो । यहाँ रहेका महिलाहरु यौनधन्दा बाहेक अन्य काम गर्न खोज्दा पनि खोज्दैनन् । त्यहाँ काम गर्दै आइरहेका महिलाहरुले उनीहरुको काम गर्न पाउने हकलाई न्याय दिन आन्दोलन समेत गरेका थिए ।’ सन् २०१४ को अन्त्यमा गैरकानुनी भन्दै सरकारले रोक लगाएको थियो र सबै वेश्याबृत्तिमा लागेका महिलाहरुलाई घर फर्कन आग्रह गरेको थियो ।
आज बेश्यावृत्तिका लागि छुट्टाइएको स्थानमा पर्खाल लगाइएको छ । बेश्यालय जाने साना बाटोहरुमा खानाका स्टलहरु, चिया पसल, र स्ट्रिट भेनडोरहरु रहेका छन् । हाम्रो समाजभन्दा त्यहाँको नियम कानुन नै नितान्त फरक रहेको छ । त्यहाँ आफ्नै नियम कानुन र चलाउने शक्ति नै फरक रहेका छन् ।
सूरुवाती दिनमा बेश्यालयमा पस्ने किशोरीलाई ‘बोन्ड गर्ल’ भनिन्छ । उनीहरु प्राय १२ देखि १४ वर्षबिचका हुन्छन् ।
यस्ता किशोरीहरु गरिब परिवारबाट आउने गरेका छन् । उनी महिलाबेचबिखनको शिकार समेत भएका हुन्छन् । उनीहरुको अधिकार र स्वतन्त्रता भन्ने कुरा नै हुदैन । उनीहरुलाई त्यस्ता वेश्यालयमा लगेर यौनधन्दा लगाउन लगिन्छ र उनीहरुलाई किनेको पैसा उठाइन्छ । व्याज सहित । एक देखि पाचँ वर्षको अवधिमा उनीहरुलाई यस्तो कार्यमा लगाइन्छ ।
त्यसपछि उनीहरु स्वतन्त्र यौनकर्मी बन्छन् । त्यसपछि उनीहरु वेश्यालयमा आउने ग्राहकलाई अस्विकार गर्ने, स्वतन्त्र पैसा जम्मा गर्न पाउनेछन् । जब उनीहरु ऋण तिरी सक्छन् उनीहरु बेश्यालय समेत छोड्न पाउँछन् । बाहिरी समाजले स्विकार्ने नहुदाँ उनीहरु त्यही वेश्यालयमा बाँकी जीवन काट्ने गर्छन् । परिवारलाई त्यही बेश्यालयबाट हुने कमाइबाट सहयोग गरिरहन्छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी
- 3 hours ago

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ
- 3 hours ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- 3 hours ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।