पार्टी काममा व्यस्त प्रचण्ड, प्रतिवेदन लेख्न एकान्त स्थलमा

काठमाडौँ । कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काममा सक्रिय बनेका छन् । गत मंसिर १८ र २३ गते दुई पटक सचिवालय बैठक बोलाइसकेका प्रचण्ड यतिबेला पार्टीको प्रतिवेदन लेखनमा व्यस्त रहेको उनी निकट नेताहरूले बताएका छन् ।

 

गत सोमबारको सचिवालय बैठकले मंसिर २९ र ३० गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेसँगै प्रचण्ड पार्टीको प्रतिवेदन लेखनमा व्यस्त भएका हुन् । प्रतिवेदनका लेख्नका लागि उनी राजधानीको एक शान्त र एकान्त स्थलमा बसेको बताइएको छ ।

 

प्रचण्डले नेकपाको स्थायी कमिटी बैठकमा राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । उनले स्थायी कमिटी बैठक अघि बस्ने सचिवालय बैठकमा समेत उक्त प्रतिवेदन पेश गर्ने र सचिवालयको सुझाव अनुसार त्यसलाई परिमार्जन गर्ने बताइएको छ ।

 

स्थायी कमिटीको बैठक अघि पार्टीको सचिवालय बैठक भोलि शुक्रबार बस्दैछ । सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रचण्डले आफ्नो प्रतिवेदनमा थपघट र परिमार्जन गर्ने छन् । त्यसपछि परिमार्जित प्रतिवेदन उनले स्थायी कमिटी बैठकमा पेश गर्ने बताइएको छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 1 hour ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 1 hour ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।