पत्रकारहरूसँग बाेल्न अस्वीकार गर्दै प्रचण्डले साँधे अर्थपूर्ण माैनता

फाइल फाेटाे

विराटनगर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग बोल्न अस्वीकार गरेका छन् ।

 

शुक्रबार दिउँसो १२ः३० बजेको उडानबाट विराटनगर पुगेका प्रचण्डले बोल्ने मुड नभएको भन्दै पत्रकारहरूसँग बोल्न अस्वीकार गरेका हुन् ।

 

विमानबाट ओर्लेर भिआइपी कक्ष हुँदै सिधै गाडीमा चढ्न पुगेका प्रचण्डलाई उनका स्थानीय सहयोगी नेताले केही बोलिदिन आग्रह गर्दा समेत बोल्न मानेनन् ।

 

समसामयिक विषयमा बोलेर टिप्पणी गर्न मन पराउने नेता प्रचण्डले बोल्न अस्वीकार गरेपछि उनको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

उनको मौनतालाई पछिल्लो समय पार्टीभित्रको आन्तरिक सत्ता समीकरणमा देखा परेको रस्साकस्सी सघन मात्रामा बढ्दै गएको संकेतको रुपमा समेत बुझ्न सकिन्छ । तर उनको मुड के कुराले ‘अफ’ भएको हो भन्ने चैँ यसै भन्न नसकिने अवस्था छ ।

 

सधैँ केही न केही बोलेर चर्चामा आइरहने नेता नै नबोलेपछि उनी किन बोलेनन् भन्ने प्रश्न चैँ यतिबेला राजनीतिक वृत्तमा प्रचण्डले उठाइदिएका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 48 minutes ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 58 minutes ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।