मन्त्रिपरिषद् पुनर्गठनबारे प्रचण्ड भन्छन् : मलाई याे प्रश्न नसोधिए हुन्थ्यो जस्तो लाग्छ

फाइल फाेटाे

धनगढी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री र आफूबीच केही कुराकानी नभएको बताएका छन् ।

 

धनगढी विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने विषय भएको बताए । यो विषयमा आफूलाई प्रश्न नसोधिए हुन्थ्यो जस्तो लाग्ने समेत उनले बताए ।

 

‘मन्त्रीमण्डल परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र पर्छ, त्यसैले त्यो कुरा मलाई नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ’, प्रचण्डले भने, ‘हामी अध्यक्षबीचमा यस बारेमा कुनै पनि कुरा भएको छैन ।’

 

केही दिन यता सञ्चारमाध्यमहरूमा मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चुलिइरहेको बेला प्रचण्डले त्यसलाई ‘हल्ला मात्रै’को संज्ञा दिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 2 hours ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।