नुवाकोटमा विद्यालय भवन बनाउन नेप्लिज अस्ट्रेलियन एसोसिएसनले अर्थ संकलन कार्यक्रम गर्ने
- मंगलबार, १० आषाढ, २०७६
- 3 years ago
- अष्ट्रेलिया

सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एन ए ए) ले नेपालमा विद्यालय भवन बनाउन अर्थ संकलन कार्यक्रम गर्ने भएको छ । अर्थ संकलन कार्यक्रम ३० जुन आइतवार अलउडमा रहेको एडिन प्लेसमा हुँदैछ ।
सन् २०१५ को बिनासकारी भुकम्पबाट क्षति भएको नुवाकोट जिल्लाको तादी गाउँपालीका वडा नम्वर १ मा रहेको गंगादेवी प्राथमिक विद्यालय पून निमार्ण गर्न सहयोग गर्ने उद्देश्यले यो अर्थ संकलन कार्यक्रम हुन लागेको हो । एन ए ए का अध्यक्ष डा मधु पुडासैनीका अनुसार लायन्स क्लव अफ काठमाण्डौसँगको सहकार्यमा पाँचकोठे विद्यालय भवन निमार्ण भैरहेको छ । यस अघि लायन्स क्लव, विद्यालय ब्यवस्थापन समिति र एन ए ए बीच गएको बर्ष सम्झौत भएपछि ३१ हजार अस्ट्रेलियन डलरको सहयोग नेपाल पठाइसकेको छ ।
निमार्ण समग्रीमा मुल्यबृदी र अन्य खर्चका कारण विद्यालय भवन निर्माण खर्च बढेकोले थप सहयोगको लागि यो अर्थ संकलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष पुडासैनीले बताए । अर्थ संकलन कार्यक्रममा चर्चित कलाकारहरुद्धारा नेपाली गीत संगित, नृत्य, प्रहसनको साथै र्याफल र अक्सन पनि हुनेछ । यो कार्यक्रमबाट संकलन भएको सम्पूर्ण रकम विद्यालय भवन निर्माणका लागि नेपाल पठाइने छ ।
कार्यक्रममा नेपाली दुतावास, महाबाणिज्यदुतको कार्यालय न्यु साउथ वेल्स, न्यु साउथ वेल्स सांसदका उप सभामुख मार्क कुरी, छाया बहुसास्कृतिक मन्त्री तथा सांसद सोफी कोटिस्ट स्थानिय काउन्सिलका काउन्सलरहरुको पनि सहभागिता रहने छ ।
नेपाली अस्ट्रेलियन एसोसिएसन सन् १९७६मा दर्ता भएको सबै भन्दा पुरानो नेपाली सामुदायिक संस्था हो ।
थप जानकारीको लागि
मधु पुडासैनीः ०४२३०८४२९७
ऋषि आचार्यः ०४५२४५१४८२
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक
- 15 minutes ago
काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
- 27 minutes ago

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 47 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।