एनआरएनए यूकेको 'अपाङ्गता सहयोगार्थ साँझ'लाई उच्च गोर्खा अधिकृतहरुको साथ
- सोमबार, १८ आषाढ, २०७५
- 2 years ago
- युके

लन्डन । सेप्टेम्बर १ मा हुने एनआरएनए यूकेको 'डिसएबिलिटी एड इभिनिङ' मा उच्च गोर्खा अधिकृतहरुले पनि साथ दिने भएका छन् ।
एनआरएनए यूके च्यारिटी विभाग संयोजक तथा उपाध्यक्ष प्रेम गाहामगरले फस्ट रोयल गोर्खा राइफल्स युनिटका वरिष्ठ अधिकृतहरुसंग भेट गरि च्यारिटीमा विशेष निमन्त्रणा गरेपछि ब्रिटिश आर्मीका उच्च अधिकृतहरु च्यारिटीमा आउने भएका हुन् ।
उपाध्यक्ष गाहामगरले सप्ताहन्त ति 'हाइ रेङकिङ अफिसरहरु' लाई भेटेका थिए । भेटमा मगरले आगामी १ सेप्टेम्बरमा एनआरएनए यूके च्यारिटी विभागले गर्न लागेको अपांगता च्यारिटी सांझ (डिसएबिलिटी एड इभिनिङ) मा निम्तो दिंदै सहयोग गरिदिन आग्रह गरेका थिए । प्रतिउत्तरमा ति अधिकृतहरुले आर्थिक तथा प्रत्यक्ष सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेको गाहामगरले जानकारी दिए ।
गाहामगरले ब्रुनाइमा रहेको सेकेन्ड गोर्खा राइफल्सका अधिकृतहरुलाई समेत च्यारिटीमा सहयोग गरिदिन अपिल गरेका छन् । 'म गफ भन्दा व्यवहारमा काम देखाउन लालयित व्यक्ति हुं'- मगरले भने, 'हामीले पवित्र उद्देश्य लिएर कार्यक्रम आंटेका छौं । कृपया आफ्नो क्षमता अनुसार सहयोग गरिदिन मेरो अनुरोध छ ।'
उनले फस्ट रोयल गोर्खा राइफल्सका कमाण्डिङ अफिसर लेफ्टीनेन्ट कर्णेल चाल्स निकोलस, गोर्खा मेजर सुरेशकुमार थापा एमभिओ, मेजर रामबहादुर पुन, मेजर प्रकाश गुरुङ एमभिओ, रिटायर्ड मेजर लि रोबर्ट, क्याप्टेन बबिन्द्र गुरुङ (आरसिएमओ वानआरजिआर), विकास गुरुङ (आरएसएम वानआरजिआर) लगायत ब्रिटिश आर्मीमा उच्च अधिकृतहरुसंग भेट गरि आफ्नो च्यारिटीमा सहयोग गरिदिन अपिल गरेका छन् । सो अवसरमा उपाध्यक्ष गाहामगरले च्यारिटीको उद्देश्य र कार्यक्रमको रुपरेखाबारे जानकारी दिएका थिए ।
उक्त च्यारिटीमा विशेष अतिथीका रुपमा चर्चित ब्रिटिश अभिनेत्री जोआना लुम्ली, कन्सपिसिअस ग्यालेन्ट्री क्रस (सिजिसी) मेडलबाट विभूषित सार्जेन्ट दिपप्रसाद पुन, अन्य ग्रेट वार हिरोज हरिबहादुर बुढामगर, कौशल लिम्बु, तीर्थ थापा, अनिल गुरुङ, मन्दिप राई, सोम राई थापा, लाल गुरुङ, नुतन राई, जीवन थापा, एक पुन, एक गुरुङ, नवीन गुरुङ, अनिस थापा एमसी, अल्बिन लिम्बु, पूर्ण गुरुङ, हरि राई, चेतन गुरुङ, आलोक याक्थुङबा, भव पुन, हसन थापा, नेत्र राना, दावा लामा, तेज घले, शिवहरि पुन, हर्क पाइजा, हिम्मत राई, दिल राई लगायतको सहभागिता रहने छ ।
यसबाहेक लान्स सार्जेन्ट जोन्सन गिडियोन बीहयारी (भिसी विजेता), करिब १५ जना मिलिट्री क्रस विजेता योद्धा, नेपालबाट फरक क्षमताकी कलाकार निलम ढुंगाना, स्थानीय कलाकारहरु अमृता गिरी गजुरेल, गिता बस्नेत, प्रिमा भट्टराई, अन्जु श्रेष्ठ आदिको विशेष प्रस्तुति रहने बताइएको छ ।
उक्त च्यारिटी कार्यक्रम मिस नेपाल यूके २०११ गौमाया गुरुङले सञ्चालन गर्नेछिन् । नेपाल र बेलायतस्थित अपांगता भएकाहरुको सहयोगका लागि कोष संकलन गर्नुका साथै शारीरिक अपांगता भएर पनि आफ्नो विशेष कला र प्रतिभाको माध्यमबाट समाजमा उदाहरण प्रस्तुत गर्न सफल पात्रहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले च्यारिटी गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रममा एउटा खुट्टाले नाचेर ख्याति कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण गरेका कीर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्य गर्दै आएका विनोद बुढाथोकी, अनिल गुरुङ, नेत्र राना, कौशल लिम्बू, मिसेस यूके नेपालकी रनर अप अमृता गिरी गजुरेल र शिव थजालीले कार्यक्रममा आफ्नो प्रतिभा देखाउनेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी
- 1 hour ago

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
- 2 hours ago

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।
ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
- 2 hours ago

बुटवल । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।