नितेशराज पन्त योगन बहुसांस्कृतिक पुरस्कारबाट सम्मानित

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

डार्विन । झण्डै एक दशक लामो समयदेखी नर्दन टेरीटोरी डार्विनको बहुसास्कृतिक समुदायमा योगदान गरेबात नेपाली युवा नितेश राज पन्त सम्मानित भएका छन् ।

 

२२ अक्टोवर मंगलवार नर्दन टेरीटोरी पार्लियामेन्ट हाउसमा आयोजित विशेष समारोहमा राज्य सरकारको बहुसास्कृतिक मामिला मन्त्री डेल वेकफिलडले पन्तलाई योगन साथिनाथन बहुसास्कृतिक पुरस्कार प्रदान गरेकी थिइन ।

 

बहुसास्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीको आयोजनामा यो पुरस्कार बितारण समारोह भएको हो । डार्विनमा समावेसी र समतापूर्ण बहुसास्कृतिक समुदाय निमार्ण गर्न पन्तले पुर्याएको योगदानलाई कदर गर्दै  बहुसास्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीले यो सम्मान गरेको जनाएको छ । 

 

सन् २००६ मा अस्ट्रेलिया आएका पन्त ३ वर्ष सिड्नी बसाइपछि डार्विन सरेका थिए । उनले सन् २०१० देखि २०१४ सम्म बहुसास्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीमा काम गरेका थिए । त्यो समयमा उनले बिभिन्न नव आप्रवासी समुदायलाई अस्ट्रेलियामा सहज बसोवास गर्न मद्दत गर्ने "पासपोर्ट टु ड्राइभ" कार्यक्रम संचालन गरेका थिए । यस्तै पन्तले नै शुरु गरेको "माइग्रेन्ट फोर माइग्रेन्ट" कार्यक्रमले मल्टिमिडिया प्लेटफम मार्फत बहुसास्कृतिक समुदायलाई नजिक ल्याएन सघाएको थियो ।

 

नवआप्रवासी समुदायलाई सवारी चालक अनुमति पत्र पाउन सहयोग गर्ने उद्देश्यले ड्राइभिङ थोरी प्रोगामपनि उनले संचालन ल्याएका थिए । उनी अहिले पनि "फ्युजन लाइफस्टाइल शो" परियोजनमा काम गर्दैछन् । यो कार्यक्रम अन्तरगत उत्पादन भएको  भिडियो कार्यक्रम अस्ट्रेलियाका बिभिन्न सामुदायिक टिभिहरुमा प्रसारण हुन्छ । 

 

२५ बर्ष भन्दा माथि उमेर ब्यक्तिगत समुहमा पन्तले यो अवार्ड प्राप्त गरेका हुन् । योगन साथिनाथन बहुसास्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीका पूर्व अध्यक्ष थिए । श्रीलंकन सास्कृतिक पृष्ठभुमी भएका योगनले डार्विनमा बहुसास्कृति समुदायको मुलप्रवाहमा पहुच बढाउन ठूलो योगदान गरेका छन् ।सन २०१६ सालमा उनको निधन भएको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 7 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 32 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

  • 1 hour ago
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।