अर्जेन्टिनाको भाग्य फैसला गर्ने खेलः नाइजेरियाविरुद्ध आइसल्याण्ड

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । आज नेपाली समयअनुसार राति ८ः४५ मा सुरु हुने नाइजेरिया र आइसल्याण्डबीचको खेल अर्जेन्टिनाको लागि महत्वपूर्ण छ । समूह ‘डी’ मा रहेका यी दुई राष्ट्रको खेलले अर्जेन्टिनाको विश्वकप यात्रा टुंगिने हो या सम्भावना कायमै रहन्छ भन्ने तय गर्छ । सोही समूहबाट क्रोएशियाले २ खेलमध्ये दुबैमा जित निकालेर ६ अंक जाडेर अघिल्लो चरण प्रवेश गरिसकेका छन् भने अब आइसल्याण्ड, नाइजेरिया तथा अर्जेन्टिनामध्ये एउटा राष्ट्र अघिल्लो चरणमा प्रवेश गर्नेछ । 

 

आइसल्याण्डको १ खेलबाट १ अंक रहेको छ भने नाइजेरियालाई क्रोएशियाले यसअघिको खेलमा क्रोएशियासँग २–० गोलको हार व्यहोरेर अंकबिहिन बनेको छ । यसअर्थमा नाइजेरियाले आइसल्याण्डलाई उक्त खेल जितेमा वा बराबरीमा रोकेको खण्डमा र समूह चरणको तेस्रो  अर्को खेलमा आइसल्याण्डलाई क्रोएशियाले पराजित गरेमा र नाइजेरियालाई अर्जेन्टिनाले पराजित गरेको खण्डमा अर्जेन्टिनाले  अन्तिम १६ मा स्थान बनाउन सक्छ । 

 

नतिजा अर्जेन्टिनाको हातमा नरहेको कारणले गर्दा सम्भावना न्यून छ । 

 

यहाँ हामीले नाइजेरिया र आइसल्याण्डबीचको खेलको बारेमा केही तथ्यहरु प्रस्तुत गरेका छौं । 

 

– पछिल्लो पटक नाइजेरिया र आइसल्याण्डबीच सन् १९८१ मा मैत्रिपूर्ण खेल भएको थियो । उक्त खेलमा आइसल्याण्ड ३–० गोलले विजयी भएको थियो । 

 

– क्रोएशियाभन्दा अघिका खेलहरुमा नाइजेरियाले ५ पटक युरोपियन देशहरुलाई पराजित गरेको छ । 

 

– आइसल्याण्डले अर्जेन्टिनासँग शनिबार पहिलो पटक विश्वकप खेलेको हो । उक्त खेल १–१ गोलको बराबरीमा सकिएको हो । 

 

– आइसल्याण्डले अर्जेन्टिनाविरुको खेलको पहिलो हाफमा ८ वटा सट प्रहार गरेको थियो भने दोस्रो हाफमा कुनै पनि सट प्रहार गर्न सकेन । 

 

– नाइजेरिया पछिल्लो तीन विश्वकपमा खेलमा पराजित रहँदै आएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 19 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 21 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 1 hour ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।