इन्डोनेसिया भूकम्पमा मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धारकार्य जारी

इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । 

 

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको इन्डोनेसियाली भूगर्व सर्वेक्षण संस्थाले जनाएको छ । 

 

तर अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भने यस भूकम्प ७ म्याग्नीच्यूडको मापन गरिएको बताएको थियो । 

 

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ । 

 

यसमा भूकम्पमा परी २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने २० हजार आफ्नो घरवास गुमाएका छन् । भूकम्पको कारण घरवास गुमाएका व्यक्तिहरुलाई शिविर बनाएर राखिएको र उद्धारकर्ताहरुले मानवीय सहयोग गरिरहेका छन् । 

 

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । 

 

यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो । सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो । 

 

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको संयुक्त राष्ट्रसंघका उपप्रवक्ताले सोमबार जानकारी दिएका छन् । 

 

हाल भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार कार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप ६ जना कोरोना संक्रमितको मृत्यु

  • 14 minutes ago
थप ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

  • 16 minutes ago
नेपालमा थप ३२२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य

प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि

  • 18 minutes ago
प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मंगलबार पनि

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरि



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।