साउदी अरेबियाद्धारा क्यानाडाको हवाई उडान रद्द
- मंगलबार, २२ साउन, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

रियाद । साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको जनाएको छ ।
उडानहरु अर्को सोमबारदेखि रद्द गरिएको र त्यसपछिका लागि टिकटहरु बिक्री नगर्न आदेश दिइएको उक्त एयरलाइन्सले सोमबार जानकारी दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
क्यानाडेली विदेशमन्त्री र रियादमा रहेको दूतावासको विरोधस्वरुप साउदी अरेबियाले यो निर्णय गरेको बताइएको छ ।
क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले साउदी अरेबियाको जेलमा रहेका क्यानाडेली नागरिक समाजका एकजना अभियन्तालाई तुरुन्त रिहा गर्न दबाव दिँदै आएका छन् ।
रियादमा रहेको क्यानाडेली दूतावास र विदेशमन्त्री फ्रिल्याण्डले ती क्यानाडेली नागरिकलाई तुरुन्त रिहा गर्न दबाव दिएपछि त्यसको विरोधस्वरुप साउदी अरेबियाले पछिल्लो निर्णयका रुपमा रियादबाट टोरन्टोमा भइरहेका उडानहरु रद्द गर्ने निर्णय गरेको हो ।
यसै विरोधस्वरुप साउदी अरेबियाले रियादमा रहेका क्यानाडेली राजदूतलाई पनि २४ घन्टाभित्र देश छोड्न सोमबारै आदेश दिएको छ ।
त्यसैगरी क्यानाडामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ । यसका साथै साउदी अरेबिया र क्यानाडाबीचको व्यापार व्यवसाय र नयाँ लगानीका सबै कार्यक्रमहरु पनि स्थगित गर्न आदेश दिइएको साउदी अरेबियाले जानकारी गराएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
उक्त एयरलाइन्सले अर्को सोमबार पछिका लागि बुकिङ गरिएका टिकटहरु रद्द गर्न यसका यात्रुहरुलाई भनेको छ र यदि यसरी रद्द गर्दा कुनै पनि दस्तुर नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी पनि गराएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली
- 33 minutes ago
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौँ
कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी
- 47 minutes ago

एजेन्सी । कोरोनाभाइरसविरूद्धको खोप बनाइरहेको सेरम इन्स्टिच्युट अफ इन्डियामा भीषण आगलागी भएको छ । भारतको पुणेस्थित सेरम इन्स्टिच्युटमा बिहीबार दिउँसो भीषण आगलागी भएको हो । भारतीय संचारमाध्यामहरु
संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना
- 59 minutes ago
काठमाडौँ । संसद विघटनको मुद्दामाथि बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सू
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।