विश्वकै सबैभन्दा ठूलो दौडमा नेपाल प्रवद्र्धन गरिंदै

Norvic Hospital

सिड्नी । विश्वकै सबैभन्दा ठुलो दौड प्रतियोगिता ‘सिटि टु सर्फ’ मा नेपाल प्रवद्र्धन गरिने भएको छ । 

गैर आवसीय नेपाली संघ अस्ट्रेलिया राज्य समन्वय समिति न्यु साउथ वेल्सको नेतृत्वमा उक्त दौडमा नेपाल प्रवद्र्धन गरिने भएको हो । 

 

एनआरएनएले डिस्कभर नेपाल शिर्षक चयन गरेको छ भने उक्त दौडमा सहभागि हुन चाहनेलाई सोही शिर्षक अन्तर्गत आफ्नो नाम दर्ता गराउन आह्वान गरेको छ । 

 

गैर आवसीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले नेपालीपत्रसँग कुरा गर्दै भने, ‘हामीले दौडमा सहभागि हुनेहरुका लागि डिस्कभर नेपाल उल्लेखित टिसर्ट उपलब्ध गराउँछौं । ति टिसर्टहरुमा नेपालका विभिन्न पर्यटकीय स्थानहरुको फोटो छाप्छौं । त्यस्तै नेपाल र नेपालका उत्कृष्ठ पर्यटकीय गन्तव्य चिनाउने ब्रोसरहरु प्रिन्ट गरेर प्रतियोगितामा सहभागिहरुलाई बाँढ्छौं ।’

 

त्यस्तै बोण्डाई जंक्सनमा नेपाल तथा नेपाली खाना प्रवद्र्धन गर्ने स्टल पनि राख्ने तयारी भइरहेको पनि उपाध्यक्ष गुरुङले जानकारी दिए । 

 

हरेक वर्ष अगष्ट महिनाको दोस्रो आइतबार आयोजना हुने ‘सिटि टु सर्फ’मा विश्वभरका करिव एक लाख मानिस सहभागि हुन्छन् । 

 

हैड पार्कबाट सुरु भएर बोण्डाई बिचमा पुगेर सकिने दौडलाई विश्वकै सबैभन्दा ठूरो दौड प्रतियोगिताका रुपमा चिनिन्छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्घटनामा दुई जनाको मृत्यु

  • 12 minutes ago
दुर्घटनामा दुई जनाको मृत्यु

हेटाौंडा । हेटौंडा कुलेखानी काठमाडौँ सडक खण्ड अन्तरगत इन्द्रसरोबर गाउपालिका वडा न २ लामिबगरमा शनिबार दिउँसो करिब ३ः ३० बजे काठमाडौबाट वीरगञ्ज जाँदै गरेको ना १ ज ४५११ न को सुमो जीप अनियन्त्रित भई दुर्

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 8 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।