जुलाई २९ मा लर्डसमा हुने खेलका लागि लण्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम
- शुक्रबार, ४ साउन, २०७५
- 2 years ago
- युके

लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् ।
मेर्लिबोन क्रिकेट क्लब (एमसिसी ) र नेदरल्याण्डसंग खेल्ने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली विहिबार राती लण्डन उत्रिएको हो । खेलाडीहरुसंगै टिमका प्रशिक्षक जगत टमाटा, टिम म्यानेजर रमण शिवाकोटी, फिजियो दिनेश भट्ट र एक ब्याटिङ प्रशिक्षक समेत बेलायत पनि आएका छन् ।
१५ सदस्यीय टोलीका खेलाडीमध्ये शरद भेषवाकर अमेरिकाबाट विहिबार दिउंसो नै लण्डन आइपुगेका थिए भने बांकी सबै खेलाडी एकसाथ लण्डन आइपुगेका छन् ।
नेपाली क्रिकेट टोलीको स्वागतका लागि लण्डनस्थित नेपाली दूतावासका द्धितिय सचिव लब सुवेदी,एनआरएन यूकेमहासचिव आरके त्रिपाठी तथा खेलको प्रचारप्रसारमा खटिएका बेलायतस्थित युवाहरुको समहुबाट विनोदविकास सिंखडा लगायत विमानस्थल पुगेका थिए ।
यसअघि विहिबार सांझ नै लण्डन उत्रिने कार्यक्रम रहेपनि फलाइट डिले भएका कारण खेलाडीहरु राती अबेर मात्रै आइपुगे । विश्व प्रतिष्ठित लर्ड्स मैदानमा हुने यो खेलका लागि पारस खड्काको कप्तानी रहेको टोलीमा ४ जना वैकल्पिक खेलाडीसहित कुल १५ जना खेलाडी छन् ।
लर्ड्सको खेलको लागि लण्डन आउने नेपाली टोलीमा कप्तान खड्कासंगै ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करन केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला पनि आएका छन् ।
लर्ड्समा हुने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्रा्ष्ट्रिय मान्यता प्रदान गरेको छ ।प्रतियोगितामा पहिलो खेल एमसिसी र नेदरल्याण्डबीच हुनेछ भने त्यसपछि एमसिसी र नेपाल तथा अन्त्यमा नेपाल र नेदरल्याण्डबीच खेल हुनेछ । यो प्रतियोगितामा एमसिसीको कप्तानी श्रीलंकाका पूर्व क्रिकेटर महेला जयबद्र्धनेले गर्नेछन् ।
यो खेलअघि केहि अभ्यास खेलहरु खेल्नको लागि नेपाली खेलाडीहरु केहि दिन पहिले नै बेलायत आइपुगेका हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश
- 3 minutes ago

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभ
आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता
- 9 minutes ago

काठमाडौँ । ताप्लेजुङका सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले दोभा
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण
- 27 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।