नवलपुर जिल्ला समाज यूके गठनको तयारी
- शुक्रबार, २२ आषाढ, २०७५
- 2 years ago
- युके

लण्डन । बेलायतमा रहेका नेपाली संघसंस्थाहरु ३ सय भन्दा बढि छन् भन्ने अनुमान छ । जातीय, क्षेत्रीय, राजनीतिक, पेशागत लगायतका यीनै विभिन्न नेपाली संस्थाहरुमा अब अर्को एक नयां संस्था पनि थपिदैछ नवलपुर जिल्ला समाज यूके ।
देश संघीयतामा जाने क्रममा नवलपरासीबाट छुट्टिएर बनेको नयां जिल्ला नवलपुरबाट बेलायतमा आएर बसेकाहरु संस्था स्थापना गरेर संगठित बन्न लागेका हुन् ।
संस्था गठनको लागि आउंदो अगस्ट ५ तारिख आइतबारका दिन अल्डरसटको एम्पायर हलमा एक भेला आयोजना हुंदैछ । भेलाबाट विधिवत रुपमा संस्थाको घोषणा गर्दै कार्यसमिति पनि चयन गर्ने योजना बनाइएको छ ।
नवलपुर जिल्ला समाज यूकेको गठनका लागि आयोजना हुने भेलाको संयोजन गर्ने जिम्मा ईन्द्रजित सारु मगरलाई लगाइएको छ । त्यसैगरी बेलायतका विभिन्न क्षेत्रमा स्थानीय संयोजकहरु तोकेर भेलामा सक्दो बढि सहभागिता गराउने प्रयास पनि भइरहेको छ ।
संयोजक सारु मगरले बेलायतमा रहेका सबै नवलपुरेहरुलाई एक ठाउंमा ल्याउने प्रयास गरिएको बताए । नवलपुर जिल्ला समाज यूकेले बेलायतवासी नवलपुरेहरुबीचमा आपसी सम्बन्ध बढाउने तथा जिल्लाको विकास र जिल्लावासीहरुको सहयोगका लागि सामाजिक कामहरु समेत गर्ने लक्ष्य लिएको संयोजक सारुले जनाए ।
भेलामा लण्डन तथा अल्डरसट आसपासका क्षेत्रहरुका साथै केन्ट, लिड्स, मिडिल्यान्ड, वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड लगायतका स्थानबाट पनि नवलपुरेहरु जम्मा हुंदैछन् । भेलामा बेलायतबासी करिब ५ सय नवलपुरेहरु उतार्ने लक्ष्य राखिएको भेलाको लागि लण्डन क्षेत्रका संयोजक प्रकाश कंडेलले जानकारी दिए ।
नेपालमा नवलपुर जिल्लाभित्र घर भएका झण्डै १ हजार जनाको अहिले बेलायतमा बसोबास रहेको अनुमान छ ।
भेलामा सहभागिताका लागि बेलायतबासी नवलपुरेहरु तथा सम्पुर्ण नेपालीहरुलाई आव्हान गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चीनमा २५० नयाँ अर्बपति थपिए
- 26 seconds ago

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
- 5 minutes ago

कर्णली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।
दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित
- 8 minutes ago

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।