जेलमा नवाज शरिफ र उनकी छोरीलाई यस्ता सुविधाहरु

Norvic Hospital

बीबीसी । स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ।

 

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ।

 

अधिकारीहरूका अनुसार स्वास्थ्य परीक्षण गरिएपछि बुवाछोरीलाई छुट्टा–छुट्टै जेल पठाइएको थियो।

 

नाम उल्लेख नगर्ने शर्तमा रावलपिण्डीस्थित अडियाला जेलका एक अधिकारीले अरू कैदीसरह शरिफ र मरियमले पनि कैदीको पोशाक लगाउनुपर्ने हुन्छ।

 

सुरक्षा

 

उनका अनुसार जेलमा नियमित बाहेक अरू सुरक्षा निकायका अधिकारीहरूलाई पनि खटाइएको छ।

 

शरिफ र मरियमले चाहेमा कैदीको पोशाक आफैँले पनि बनाउन लगाउनसक्ने जेलका अधिकारीहरूले बताएका छन्।

 

उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री भएको नाताले शरिफलाई 'ए श्रेणी' र मरियमलाई 'बी श्रेणी' को कैदीका रुपमा राखिएको छ।

 

पाकिस्तानको पञ्जाब प्रान्तका ४२ जिल्लामध्ये दुई जिल्ला ९बहावलपुर र रावलपिण्डी० का जेलमा मात्रै कैदीले 'ए श्रेणी' को सुविधा पाउने व्यवस्था छ।

 

'सी श्रेणी'मा हत्या, चोरी, लुटपाट र झैझगडा लगायतका अपराधमा सजाय पाएकाहरूलाई राख्ने गरिएको छ।

 

सुविधा

 

झैझगडामा संलग्न तर प्रतिष्ठित परिवारको भएका कैदीहरूलाई चाहिँ 'बी श्रेणी' अन्तर्गत राख्ने चलन छ।

 

जेल अधिकारीहरूका अनुसार 'ए श्रेणी' अन्तर्गत उच्च सरकारी अधिकारीहरू बाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई राख्ने गरिएको छ।

 

'ए श्रेणी' अन्तर्गत राखिने कैदीलाई बस्नका लागि दुईवटा कोठा दिइन्छ। त्यसमा ओछ्यान, एसी, फ्रीज र टीभीका साथै भान्सा पनि हुन्छ।

 

'ए श्रेणी' का कैदीले जेलको खानाको सट्टा आफैँले पकाएर पनि खान पाउँछन्। त्यसबाहेक उनीहरूले काम गर्ने दुईजना कैदी पनि पाउँछन्।

 

'बी श्रेणी' का कैदीले चाहिँ एउटा कोठा र काम गर्ने एउटा कैदी पाउँछन्। जेल अधिकारीले चाहेमा कामका लागि अर्को कैदी पनि उपलब्ध गराउनसक्छन्।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

  • 2 minutes ago
प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका कु

आज सुनको भाउ कति ?

  • 21 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 21 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।